प्युठान सेवा समाज कतारले १६औं स्थापना दिवस मनाउदै
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारदेखी गृह जिल्ला प्युठान सम्म सामाजिक कार्यमा सक्रिय रहेको प्युठान सेवा समाज कतारले आगामी शुक्रबार स्थापना दिवस मनाउने भएको छ । समाजले जिल्ला भित्रका “गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पुरुस्कृत तथा सहयोगार्थ“ गर्ने उद्धेश्यका साथ “१६औं स्थापना दिवसको अवसर पारेर बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
समाजका अध्यक्ष सिताराम सुनारले लोकप्रियकर्मी सगं सवांद गर्दै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।सुनारले समाजले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संगठन, प्रदेश समन्वय परिषद जिल्ला संस्था,विभिन्न जातिय संस्थाहरु,बुद्धिजिवी, ब्यवसायी, समाजसेवी, कलाकार तथा पत्रकारहरु, कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई भब्यताका साथ सफल बनाईदिन अनुरोध समेत गर्नु भएको छ । सनैयामा अवस्थित फुलबारी रेष्टुरेन...
