जलवायु अनुकुलनमा आदिवासी जनजाति महिलाहरुको नेतृत्व विकास परियोजना अन्तरर्गत एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम स्थित रहेको श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा ज्योति किशोरी समुहका कल्पना तामाङ र युविका थापाले जलवायु परिवर्तन फिल्पचार्टबाट प्रस्तुतिकरण गरिएको थियो ।
छलफलका विषयवस्तुहरु जलवायु, जलवायु परिवर्तन, जलवायु र मौसम विचको भिन्नता बढ्दो विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन मानविय गतिविधि र प्राकृतिक गतिविधिवाट हुने जलवायु परिवर्तनका सुचक, जलवायु परिवर्तनले कृषि पशुमा पर्ने असर र पानीको मुहान सुक्ने तापक्रम बढ्ने हिमालमा हिउ पग्लदै जाने कृषिमा उत्पादन घट्ने जस्ता विषयवस्तुहरु समेटिएका थिए ।
आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सलासन क्यानाडांका डाइरेक्टर एन थोमसन जलवायु परिवर्तन कार्यक्रमका प्रबन्धक कान्तसिं कार्यक्रम अधिकृत अन्जु गुरुङ, नेपाल बार एशोशिएसनका अध्यक्ष भुपेन्द्र थिङ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा सदस्य राम वहादुर घले, नेवा दय दबुका केन्द्रीय सचिव हरि श्रेष्ठ लगायत महिला समुह बाल क्लव किशोरी समुहका किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।
