तामाङलाई जिताउने जिम्मा गौरी शङ्करबासीको विकास गर्ने जिम्मा काँग्रेसको ः बस्नेत
नेपाली काँग्रेसको केन्द्रीय सदस्य पूर्व मन्त्री माननीय मोहन बहादुर बस्नेतले दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङलाई जिताउने जिम्मा गौरी शङ्कर गाउँपालिकावासीको रु गाउँपालिकाकोको हरेक विकास गर्ने जिम्मा नेपाली काँग्रेसको भएको बताउनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट दोलखाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङले उम्मेदवारी दर्ता गराउनु भए पछि उहाँले पद एउटा हुन्छ आकाङ्क्षी धेरै हुन्छन् त्यसमा टिकट नपाउने ले पनि आफैले पाएको सम्झेर पाटीलाई जिताउन लागी पर्न पर्छ भन्नु हुँदै पटी भित्रको आन्तरिक कुरा छ भने पाटी भित्रै बसेर छलफलबाट टुग्याउँन पर्छ भन्नु भयो । उहाँले अहिले को अवस्था भनेको छलफल आन्तरिक असन्तुष्टि र मतभेद भएको भएता पनि यसलाई अन्त्य गरेर तामाङलाई विजयी गराउन लाग्न पर्ने मतभेद र असन्तुष्टि भए चुनावपछि आन्तरिक छलफल गरेर मिलाउनुपर्ने बताउनुभ...
