ईन्द्रावती साना किसान कृषि सहकारीको ७ औं साधारणसभा सम्पन्न
देबराज सुबेदी ,ईन्द्रावती साना किसान सहकारी संस्था लिमिटेडको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच गन्तब्य स्वरोजगारीको, अभियान सहकारीको भन्ने मूल नाराको साथमा सहकारीले सातौं साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकामा नामका धेरै सहकारी भएपनि कामका थोरै मात्रै सहकारी रहेको बताउनुभयो । सक्रिय सहकारीको सुचिमा ईन्द्रावती साना किसान पनि रहेको बताउनुभयो । सहकारीको सिद्धान्तको आधारमा सक्रियतापूर्वक अगाडी बढाउनुपनेृमा उहाँले जोड दिनुभयो । पालिकाले राम्रो का मगर्ने सहकारीलाई पुरस्कारको व्यावस्था गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष सहकारी दिवसको अवसरमा ईन्द्रावती साना किसान सहकारीलाई पुरस्कृत गरीएको पनि उहाँले बताउनुभयो । पालिकामा मात्र नभई जिल्लामै अब्बल सहकारी बन्न लाग्नुपर्ने उहाँले बताउनुभयो...
