चौंथो सिन्धुपाल्चोक जिल्ला स्तरीय तेक्वान्दो प्रतियागितामा जाल्पा मावि पहिलो
चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा जाल्पा माध्यमिक विद्यालयले जित हासिल गरेको छ । सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा २० स्वर्ण पदक प्राप्त गरी जाल्पा मावि प्रथम भएको हो ।
एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काका अनुसार ८ स्वर्ण, ९ रजत, ३ कास्य पदकसहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय हुन सफल भएको छ । पुरुष उत्कृष्ट खेलाडी तर्फ जाल्पा माबिका ३३ केजी तर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजी तर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् । अन्तराष्ट्रि निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता संचालन गरेका थिए । आयोजक एकेडेमीका अध्यक्ष खड्काले जिल्लाभरका बालबालिका...
