श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छ ः शान्ति समाज
काठमाण्डौँ
श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत् राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको हो । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले जारी गरेको विज्ञप्तिमा युद्धको चपेटामा सयभन्दा बढी पत्रकारको हत्या गरिएकामा निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड दिइएको हो । यसैगरीे लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चार जगत्को विशिष्ट योगदान रहेको स्मरण गर्दै शान्ति समाजले अबको बाटो भनेको मर्यादित एवं व्यावसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु रहेको उल्लेख गरेको छ । त्यसका लागि सम्बद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्...
