मजदुर दिवसको अवसरमा रेलिमायाको परिवारलाई हेल्पिङ ह्याण्डद्धारा सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ३ पुरानोगाउँ वालुवाका रेलिमाया तामाङको बिपन्न परिवारलाई खाद्यन्न, लत्ताकपडा लगायत उहाँका बालबालिकाहरुलाई स्टेसनरीका सामग्री सहित सहयोग गरेको छ । एकै परिवारमा ८ जना बालबालिका रहेको उक्त परिवार अत्यन्तै नाजुक अवस्था भएको हुँदा सहयोग गरेको हेल्पिङ हाण्ड्सले जनाएको छ ।
यसअघि पनि हेल्पिङ हाण्ड्सले बाह्रबिसे नगरपालिका भित्र जुनसुकै ठाउँमा बिपत अबस्थामा तुरुन्तै पुगेर उद्दार तथा राहत कार्यक्रमहरु गर्दै आईरहेको छ ।
