सम्पर्क

रेडक्रसको चौतारा उपशाखामा धिताल

नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखाको सभापतिमा नातिबावु धिताल निर्वाचित हुनुभएको छ । उपशाखाको आठौं अधिवेशनबाट सभापती नातिबावु धिताल, उपसभापती सीता कसजु, सचिव चन्द्र खत्री, कोषध्यक्ष मिलन लामा, सहसचिव सुजाता सापकोटा, उपकोषाध्यक्ष बालसुन्दर कटुवाल निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा रिना श्रेष्ठ, ठाकुर श्रेष्ठ, हेमन प्रधान, झम्क घले र कुमार थापा निर्वाचित हुनुभएका छ । अधिवेशनले माधवलाल कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको नव निर्वाचित सभापती नातिबावु धितालले जानकारी दिनुभयो ।