सम्पर्क

खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

खानेपानी मन्त्री राजेन्द्रकुमार राई समक्ष मेलम्ची खानेपानी प्रभावितले विभिन्न माग राखेका छन् । मेलम्ची खानेपानी आयोजना प्रभावितहरुका लागि लेबिको कार्यान्वयन, मेलम्ची हेलम्बु, मेलम्ची भोताङ, दाउचेत केउरिनी बांसखर्क बरुवा याङग्री सडक १२ महिना चल्ने सक्ने गरि स्तरोन्नति गर्नका लागि आगामी बर्षको बजेटमा रकम सुनिस्चित गर्न, सुप अन्तरगत यो बर्ष भएको बजेट कार्यान्वयन र थप बजेटको सुनिश्चितता लगायत बिषयहरुमा खानेपानी मन्त्रीलाई ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्र बुझाउंने कार्यक्रममा पुर्बमन्त्री शेर बहादुर तामाङ, एमाले नेता हस्त पण्डित, बोर्ड सदस्य बिष्णुमणि आचार्य, सरोकार समितिका अध्यक्षहरु उपेन्द्र तामाङ, गोपाल स्याङ्बो, दोर्जे स्याङ्बो मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने लगायतको उपस्थिती रहनुभएको थियो ।