सम्पर्क

Month: २०८० पुष १३ शुक्रबार

बालकुमारी प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायत जानकारी दिनुभयो । महानिरीक्षक कडायतका अनुसार घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो । कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो ।...

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौ पुग्ने

ब्रेकिङ न्युज २, समाचार
खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघको पहिलो सातामा नै काठमाडौँ पु¥याइने बताउनुभएको छ । शुक्रबार खानेपानी आयोजनाको मुहान स्थल अम्बाथानमा अवलोकनका लागी आउनुभएका मन्त्री यादवले माघको पहिलो सातानै पानी काठमाडौ पुग्ने दावी गर्नुभयो । उहाँले आयोजनाका स्थानीय भण्डार, सप्लायर्सलगायतको समस्या समाधान गर्ने प्रतिबद्धतापछि अहिले द्रुत गतिमा काम भइरहेकाले तोकिएकै मितिमा पानी उपत्यकामा पुग्ने बताउनुभयो । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सरकारको लक्ष्यअनुसार पानी पठाउने गरी काम भइरहेको जानकारी दिनुभयो । उहाँले अम्बाथानमा काम भइरहेको बताउनुभयो । “दैनिक १६/१७ घण्टा काम भइरहेको छ”, उहाँले भन्नुभयो । दैनिक १७ करोड लिटरका दरले काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने सरकारको तयारी छ । क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने आ...

विपद पुर्व तयारीका लागि सबैसँग सहकार्य गरेर काम गर्छौं ःअध्यक्ष तामाङ

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी /बलेफी बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले विपद पुर्व तयारीका लागि अन्य पालिकासंँग समन्वय गरेर काम गरिने बताउनु भएको छ । बिहिवार बलेफी ५ मा आयोजित पुर्वसुचना प्रणाली सुदृढीकरणका लागि तालिमको समापन कार्यक्रमको समापन गर्दै अध्यक्ष तामाङले पुर्व सुचना प्रणाली जडान, विपद प्रतिकार्य लगायत कार्यपालिका एक्लैले गर्न असम्भव रहेकाले सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो स्रोतले भ्याएसम्म पुर्वसुचना प्रणाली जडान लगायत विपद जोखिम न्यूनीकरणको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै बलेफी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सलबहादुर पाण्डेले पालिकामा रहेको वर्षा मापन केन्द्रको संख्या थाहा भएको बताउदै अब केन्द्र थप्ने र प्रभावकारी सञ्चालनमा ध्यान दिने बताउनुभयो । उहाँले क्षति न्यूनीकरण गर्न पुर्वसुचना प्रणाली महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमका...

उत्पादनमुखी काममा लगानी गर्न जापान सँग मन्त्री चित्रकारको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
बागमती प्रदेसका उद्योग बाणीज्य भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जापान रहेका नेपाली तथा जापनीज ब्यपारी कम्पनीहरुलाइ नेपालमा लगानी गरेर उत्पादनमुखी काममा सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्नो निजी भ्रमणमा जापान जानु भएका मन्त्री चित्रकारले जापान स्थित नेपाल व्यापार संघका अध्यक्ष डा. बलराम श्रेष्ठ लगायतसंग भेट गरि जापानी कम्पनी र लगानीकर्ताहरुलाई नेपालमा लगानी अभिबृध्दि गर्न प्रेरित गर्न आग्रह गर्नु भएको उँहाको सचिवालयले जानकारी दिएको छ । ४दिनको जापान भ्रमणका लागी जापान पुगेर मन्त्रीले नेपालका राजदुत दुर्गा बहादुर सुवेदीलाई राजदुतावासमा भेटी नेपालमा लगानी बढाउन आर्थिक कुटनीतिलाई प्राथमिकता दिने काममा अग्रसर रहन समेत अनुरोध गर्नु भयो ।सो अबशरमा टोकियोमा त्भचचब ःयतयचक का उपाध्यक्ष, क्ष्त् का डाईरेक्टरसंग भेट गरि नेपालमा लगानी गर्न आग्रह गर्नू भयो ।जापान भ्रमणका क्रममा मन्त्री चित्रक...

जन्मदै अपाङ्ग माझीको नँया घर

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका ९ भैसे माझी बस्तीमा जन्मजात अपांग, बोल्न नसक्ने, असहाय अनि बस्ने घरसमेत नभएको घनश्याम माझीले नँया घर पाउँनु भएको छ । वडा सदस्य दीपेन्द्र भन्डारी को विशेष सहजिकरणमा सामाजिक अभियन्ता, सहयोगि समाजसेवी विभा सिंहको विशेष आर्थिक सगयोगमा निर्मित एउटा ट्वाइलेट सहितको एक कोठे नँया घर निर्माण गरी हिजो घनश्याम माझीलाइ हस्तानन्तरण गरिएपछी उँहामा खुशी छाएको छ । भवन निर्माण कर्ता सहयोगीहरुले एक समारोहका बिच भवन हस्तानन्तरण गरिएको हो । वडा स्तरिय जनजाती सम्मन्वय समितीका अध्यक्ष रण बहादुर तामाङ्गका अनुसार हिजो वडा अध्यक्ष बिमल श्रेष्ठको प्रमुख अतिथ्यतामा हस्तानन्तरण गरिएको हो । घर हस्तानन्तरण गर्दै वडा अध्यक्ष श्रेष्ठले यसरी सहयोग गरेकोमा सिंह प्रती आभार प्रकट गर्दै उँहालाइ बिशेष सम्मान गर्नु भएको थियो ।सहयोगी विभा सिंहले मानव सेवा नै धर्म हो यसैले नै धर्म...

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड इन्द्रेश्वरीलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा इन्द्रेश्वरी माध्यमिक विद्यालय पहिलो हुँदै उपाधी जित्न सफल भएको छ ।आज सम्पन्न प्रतियोगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएको हो । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक जितेको थियो ।प्रतियोगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी माध्यमिक विद्यालय मेलम्ची – १० दोस्रो र बालसुधार मावि दुबाचौर ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर तेस्रो हुन सफल भएको मेलम्ची नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा अधिकृत सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो ।प्रतियोगितामा नगरभित्रका दुई संस्थागत सहित २२ विद्यालयको सहभागिता थियो । समापनको दिन आयोजित भलिबल प्रतियोगितामा जनता माध्यमिक विद्यालय ज्यामिरेलाई हराउँदै बालसुधार माध्यमिक विद्यालय दुवाचौर पहिलो भयो । त्यस्तै मेलम्ची कम्युनिटी इङलिस स्कुल मेलम्ची लाई हराउँदै तेर्से माध...

जल तथा मौसम अवलोकनकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
देवराज सुबेदी जल तथा मौसम अवलोकनकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । यु. एस. एडको आर्थिक सहयोगमा प्राक्टिकल एक्सन, राइम्स, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्चको आयोजना र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा स्थानिय गेज रिडर, डि आर आर फोकल पर्सन, मेलम्ची खोलाको माथिल्लो तथा तल्लो तटिय क्षेत्रका सामुदायिक विपद व्यवस्थापन समितीका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो । मेलम्ची तथा ईन्द्रवती जलाधर क्षेत्रमा स्थापित प्रणालीको दिगोपना र प्रभावकारिता विषयमा पूर्णताजिकी तालिम प्रदान गरिएको गुरुङको भनाई छ । कार्यक्रममा वर्षा तथा हावापानी मापन केन्द्रका अपरेटरहरु, मेलम्ची नगरपालिका,इन्द्रावती गाउँपालिका,पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकाका विपद फोकल पर्सनहरु, सामुदायिक...

सरकारको एक वर्ष विपन्नको उपचारमा स्वास्थ्य मन्त्रीका बोल्ड निर्णय

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको भएको छ । यस अवधिमा मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास सुरु भएका छन् । खासगरी विकृति, विसङ्गति र बेथितिको दलदलमा भासिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साढे सात महिनाअघि मोहनबहादुर बस्नेतले जिम्मेवारी सम्हालेपछि थालिएका ती प्रयासले विपन्न र स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका नागरिकमा आशा पलाएको छ ।पैसाको अभावमा कुनै पनि नेपाली नागरिकले उपचार नपाएर मृत्युवरण गर्नु पर्दैन, स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको जिम्मेवारी मैले लिन्छु भन्ने उद्घोषका साथ मन्त्रालयको बागडोर सम्हालिरहनु भएका बस्नेतले संविधानले प्रत्याभूत गरेको नागरिकको स्वास्थ्य अधिकारका पक्षमा थुप्रै सुधारका काम थालनी गर्नु भएको छ ।देशभरिका सरकारी, सामुदायिक र सबै निजी अस्पतालहरुले आफ्नो कुल शैयाको १० प्रतिशत शैयामा वि...

शिक्षकको गुणस्तर मापन गर्नेछौँ ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक बाह्रविसे। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्ने बताउँनु भएको छ । मनत्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ठूलो पलाँतीस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव तथा अभिभावक भेला एवं पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्ला वर्ष विद्यार्थीको शैक्षिकस्तर खस्किएको पाइएकाले शिक्षकको गुणस्तर मापन गरिने बताउँनु भएको हो । “विद्यार्थीको नतिजामा लगातार बिग्रिएको विषय शिक्षण गर्ने शिक्षकलाई दण्डित र राम्रो शिक्षकलाई पुरस्कृत गर्ने बानी बसाल्नुपर्छ, त्यसैले आफ्नो गुणस्तरीयतामा पनि ध्यान दिन शिक्षकलाइ अनुरोध गर्दै मन्त्री बस्नेतले गुणस्तरहीन शिक्षकलाई के गर्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग छलफल गरिने बताउँनु भयो । “गुणस्तरहीन शिक्षकले पढाएको विद्यार्थीले नतिजा राम्रो नल्याउँद...

यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १० पुस : सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ । सरकार जनताको सुशासन, सामाजिक न्याय,विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ...