सम्पर्क

Month: २०८० भाद्र २४ आईतवार

प्राविधिक र सीपमूलक शिक्षा आजको आवश्यक्ता

जिबनशैली, विचार, विचित्र संसार, स्वास्थ्य
  विष्णुप्रसाद अधिकारी, कुनै पनि रास्ट्रको विकासको निमित्त समाजका मानिसहरुले व्यवहारिक र प्राविधिक शिक्षा हासिल गर्नु अपरिहार्य छ।आजको युग विज्ञान र प्रविधिको युग हो,प्राविधिक ज्ञान आर्जन गर्नु भनेको आफ्नो खुट्टामा आफै उभिनु सरह हो । त्यस कारण केन्द्रदेखि स्थानीय तहको सरकारले आफ्नो कुल बजेटको सबैभन्दा बढी अंश शिक्षामा खर्च गर्नु पर्ने देखिन्छ । गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सकेमात्रू समृद्ध नेपाल ,सुखी नेपालीू भन्ने पन्ध्रौं योजनाको दीर्घकालीन लक्ष्य सार्थक हुने देखिन्छ। । हाल ं२ को अध्ययन सकेका विध्यार्थीहरु स्वदेश मै उच्च शिक्षा हासिल गर्नभन्दा पनि भाषा सिकेर विभिन्न देशमा रोजगारीका लागि जान लर्को लागेको देखिन्छ ,यस्तो परिस्थिति सिर्जना हुनुको कारण राज्यले प्राविधिक तथा व्यावसायिक शिक्षालाई भन्दा सैद्धान्...

सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ मन्त्री दुलाल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बागमती प्रदेस भौतिक तथा पूर्वाधार विकास मन्त्री युबराज दुलालले सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ, अनी मात्र बिद्यालयको स्तर उन्नती भएको मानीने छ भन्नु भएको छ । उँहाले बिद्यार्थी र अभिभावकको मन जित्नु भनेकै गुणस्तरिय शिक्षा हो यसका लागी सामुदायीक बिद्यालयले श्रोत र साधनले भ्याए सम्म शिक्षा सिकाइलाइ गुणस्तरिय बनाउँनु पर्छ भन्नु भएको छ । उँहाले उक्त कुरा सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगर पालिका वडा नं ७ स्थित सिद्धिगणेश माध्यमिक विद्यालय लाइ बस हस्तानन्तरण गर्दै यस्तो बताउँनु भएको हो । बागमती प्रदेश सरकारको २० वटा नमुना विद्यालय मध्येको एउटा नमुना विद्यालय सिद्धी गणेश माबी पनी हो भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा आफुले जोड दिएको बताउनुभयो । विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा सामुदायिक विद्यालय पर्नेगरी शिक्षाम...

वडा सदस्य गिरी द्धारा स्वास्थ्य सामाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी न पा वडा न ९ का वडा सदस्यहरु तथा दिलिप गिरिलगाएतले नगरका ७,८,९,१०मा स्वास्थ्य सामाग्री बितरण गर्नू भएको छ। सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ८ स्थित इर्खु स्वास्थ्य चौकीलाइ Oxygan Concentarator Machine १ थान र जल्केनी स्वास्थ्य कार्यलयलाइ २थान वडा नं ९लाइ २थान र ७लाइ १थान मेसिन दिइएको छ प । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी न पा वडा न ९ का वडा सदस्य दिलिप गिरिले आइतबार उक्त कन्स्ट्र्रेटर मेसिन वडा न ८का वडा अध्यक्ष मार्फत इर्खु स्वास्थ्य चौकीलाइ प्रदान गर्नू भएको हो ।  वडा न ९ंका वडा अध्यक्ष बिमल श्रेष्ठले आफ्नो वडा सदस्य दिलिप गिरी ,र कुल बहादुर कार्की, भगवान गिरी , मङ्गल बहादुर श्रेष्ठ, हरिशरण गिरी र खिल राज गिरीको सहयोगमा उक्त सामान दिइएको बताउँनु भयो । वडा नं ८का अध्यक्ष अमृत दङ्गालले वडा नं ७,८,९,१० लगाएतका नागरिक...

कांग्रेसले पहिलो पटक आयोजना गरेको बिपी साहित्य महोत्सवको रौनक

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
-भीष्मराज ओझा काठमाडौँ, २४ भदौ : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय १०औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको बिपी साहित्य महोत्सवको उद्घाटन तथा पहिलो दिनका कार्यक्रम भव्यरूपमा सम्पन्न भएका छन् । महोत्सव आज भदौ २४ देखि २६ गतेसम्म चल्नेछ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको त्रि–दिवसीय ऐतिहासिक महोत्सवको उद्घाटन तथा अन्य कार्यक्रममा पार्टीका नेता कार्यकर्ताका साथै प्राज्ञिक तथा विद्वान बुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्नेलगायत व्यक्तित्वको बाक्लो सहभागिता थियो ।महामानव बिपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा महोत्सवको आयोजना गरिए...

बागमती प्रदेशसभाको बैठकमा तीनवटा विधेयकमाथि छलफल

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गर्नुभयो । उक्त बैठकमा कानूनमन्त्री श्रेष्ठले प्रस्तुत गर्नुभएको सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बने...

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २४ भदौ : स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।” मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र...

तामाङ कलाकार संघमा विशाल

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
नेपाल तामाङ कलाकार संघको१६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन भएको छ अधिबेशनबाट बाट चर्चित गायक तथा संगीतकार बिशाल काल्तान अध्यक्ष मा निर्बाचित हुनु भएको छ भने बरिष्ट उपाध्यक्ष रोशन फ्युबा तामाङ ,उपाध्यक्ष सुभाष मोक्तान ,महासचीब खेम मोक्तान,सचीब निर्मला घिसिङ, कोषाध्यक्ष योगेश लामा रसदस्यहरुमा बुद्ध लामा, जितु लोप्चन ,रेश्मा बम्जन, आस्मान लोप्चन ,जीबन बम्जन ,बैरागी मोक्तान लक्ष्मी स्याङतान्,अञ्जु थोकर, मिन योञ्जन,बसन्ती लामा,अनिता गोले,सुमिना लो, मिलन थिङ पराङ,प्रदिप लामा , स्मारिका थिङ तामाङ,रहनु भएकोछ । शनीबार जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वीरोध भएको हो।  ...

सांसद सापकोटाद्वारा ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन

समाचार
नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेकामा केही आयोजनामा देखिएको असर जलवायु परिवर्तनकै कारण रहेको बताउनुभएको छ । बङ्गलादेशको ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय नेपालमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छ ।” दक्षिण एसियाका खासगरी तीव्र विकासमा अघि बढेका भारत र बङ्गलादेशको अनुभव नेपालका लागि काम लाग्ने उल्लेख गर्दै उहाँले नेपालले पूर्वाधार विकास तथा पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी गराउनुभयो । सांसद सापकोटाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दर...

मलङ्गवामा कर्फ्यु जारी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
मलङ्गवा (सर्लाही), २३ भदौ : सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिनुभयो ।शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो । विवाद ढुङ्गा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् । आज दिउँसो फेरि दुवै पक्षबीच ढुङ्गा हानाहान हुनथालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी ...

गौ हत्याकोे चौतर्फी विरोध सर्लाहीमा आक्रमण

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
गौ हत्याको विरोध गर्दै काठमाडौंमा सदभाव ¥याली निकालिएको छ ।बौदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौंको  माइतीघरदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण ¥याली निकालिएको हो । गौहत्यारालाई कारबाही गर, धर्म निरेक्षपता खारेजी गर जस्ता नाराहरु लगाउँदै धार्मीक ¥याली निकालेको हो । क्रिस्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारसँग माग गर्दै ¥यालीका सहभागीले नारा लगाएका थिए । नेपालमा धर्म–संस्कृतिविरोधी गतिविधि बढेकाले आफूहरूले त्यसको संरक्षणका निम्ति प्रदर्शन गर्नुपरेको ¥यालीमा सहभागीहरुले बताएका छन् । राष्ट्रिय झण्डासहित सहभागी भएका हजारौका संख्यामा उपस्थित भएका नागरिकहरूले नेपाल हिन्दुराष्ट्र नै कायम हुनुपर्नेमा जोड दिएका थिए । यसैबिच यही भाद्र २२ गते सर्लाही जिल्लाको मलङ्गवामा श्रीकृष्ण जन्माष्टमीको मुर्ति विसर्जन यात्रामाथि भएको आक्रमणको घटना प्रति विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्य...