किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै
लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठूलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट (३० वटा) रु चार सय ५५ र मिडियम रु चार सय २५ तोकेको छ । यस अघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १५ पाएका छन् । उहाँको भनाइमा अहिले चल्लाको मूल्य रु एक सय ५० पर्दछ । बी...
