सम्पर्क

Month: २०८० श्रावण ६ शनिबार

चौताराबाट विद्युतीय गाडी सञ्चालन हुने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको चौताराबाट विद्युत गाडी सञ्चालन हुने भएको छ । सिन्धु चौतारा यातायातले सानोसिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गर्न लागेको हो । यातायातका सञ्चालन चौताराका युवा व्यवसायीहरु हिरोमणी श्रेष्ठ र निमेष श्रेष्ठले गर्न लागेका हुन् । व्यवसायी निमेष श्रेष्ठका अनुसार साउन १० गतेदेखि काठमाडौंबाट बिहान दुईवटा र दिउसो दुईवटा गाडी यात्रु बोकेर चौतारा आउनेछन् भने चौतारातिरबाट पनि बिहान एउटा सानोसिरुवारीबाट र एउटा स्याउलेबाट काठमाडौ जानेछन् । दिउसो पनि चौताराबाट दुईवटा गाडी काठमाडौं जानेछन् । परिक्षण यातायात भने साउन ८ गते बिहानबाटै सुरु हुनेछ । पहिलो चरणमा १० र १० सिट यात्रु क्षमता भएको ४ वटा बसबाट सेवा प्रदान गरिने व्यवसायी हिरोमणी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चौताराको भिन्तुना चोकमा बसपार्क रहनेगरी सञ्चालन हुने एसी सुविधा सहितको विद्युत गाडीको टिकट काट्न चाहनेले सञ्चालकहरु ...

ट्राफिक प्रहरी सिन्धुपाल्चोकद्वारा १० प्रतिशत बढी राजस्व सङ्कलन

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष २०७९÷८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारीसाधनमाथि कारबाही गरी आव २०७९÷८० मा रु. १ करोड ३१ लाख ४० हजार पाँच सय राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो आव २०७८÷७९ को तुलनामा १० प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरीका प्रमुख उत्तम राज आचार्यले बताउनुभयो । अघिल्लो आ.व. २०७८÷०७९ मा १ करोड १९ लाख २० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको थियो । ट्राफिक जाँचमा गरिएको कडाइका कारण यस आव २०७९÷८० मा राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी प्रमुख आचार्यले भनाइ छ । गत वर्ष भन्दा दुर्घटनामा पनि कमी गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ...

मेलम्ची नगरपालिकाको चालुभन्दा पुँजीगत खर्च बढी

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची सरकारले विकासका लागि छुट्टयाएको बजेटको ठुलो हिस्सा खर्च गर्न नसकेर प्रत्येक वर्ष ठूलो समस्या हुने गर्छ । नेपालमा चालू खर्च बढी र पुँजीगत खर्च कम भयो भनेर हरेक बर्ष आलोचना पनि हुँदै आएको छ । तर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको छ । नगरपालिकाले चालु भन्दा पुँजीगत खर्च बढी गरेको लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो । कुल बजेटको ८०.७६ प्रतिशत खर्च नगरपालिकाको २०७९÷०८०मा चालु तर्फ विनियोजित रकमको ८०.६७ प्रतिशत रकम खर्च भएको छ भने पुँजीगत तर्फ विनियोजित रकमको ८०.७६ प्रतिशत खर्च भएको अधिकृत पुडासैनीले जानकारी दिनुभयो । नगरपालिकाले २०७९÷०८०मा चालुतर्फ ९५ करोड ३ लाख १९ हजार विनियोजन गरेकोमा ७६ करोड ६६ लाख ५० हजार खर्च गरेको छ । त्यस्तै पुँजीगत तर्फ ७८ करोड ५३ लाख ३२ हजार खर्च भएको हो । यसरि हेर्दा नगरपालिकाको चालुभन्दा पुँजीगत खर्च बढी गरेक...

डेङ्गु सङ्क्रमण बढ्दै

ब्रेकिङ न्युज २, समाचार
पछिल्लो समय नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार असोजपछि भने डेङ्गु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उहाँले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताउनुभयो । गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो । “बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ ।” महा...

टोल–टोलमै सामाजिक सुरक्षा भत्ता

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका – १० ले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ । बैंकिङ प्रविधिबाट वितरण गर्दै आएको भत्ता नागरिकहरुलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले टोलमा नै वितरण गरिएको वडा नंं. १० का वडाध्यक्ष निल बहादुर तामाङले बताउनुभयो । टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण गर्न थालेपछि जेष्ठ नागरीक , अपाङ्ग असाहय तथा एकल महिला खुशी व्यक्त गरेका छन् । टोलमै भत्ता वितरण हुन थालेपछि बिशेषगरी अपाङ्गता भएका र ज्योष्ठ नागरीकहरुलाई सहज भएको छ ।...

रेडक्रस सोसाइटीमा सुदर्शन नेपाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल रेडक्रस सोसाइटीकेन्द्रीय अध्यक्षमा सुदर्शन नेपाल निर्वाचित हुनु भएको छ । सोसाइटीको यही श्रावण ०१ र ०२ गते काठमाडौंमा सम्पन्न केन्द्रीय सभाको बिशेष महाधिबेशनबाट आगामी कार्यकालको लागी अध्यक्षमा प्रा.सुर्दशन नेपाल, महिला उपाध्यक्षमा राधा नेपाली,. खुल्ला उपाध्यक्षमासुरेन्द्र ऐर, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ,कोषाध्यक्षमा बिर बहादुर बस्नेत,उपमहामन्त्रीमा मनोज कुमारथापा, उपकोषाध्यक्ष मा डोलराज पाण्डे,सदस्यहरमा बाग्मती प्रदेशबाट राजेन्द्रमान ताल्चाभडेल,कोशी प्रदेशबाट कृष्ण प्रसाद न्यौपाने,लुम्बीनी प्रदेशबाटः अनुपकुमार श्रेष्ठ,सुदुरपश्चिम प्रदेशबाटः लक्षीराम कुँवर,कर्णाली प्रदेशबाटः रामलाल आचार्यनिर्वाचित हुनुभएको छ यसै गरी खुल्ला सदस्यतर्फःबिष्णुराज नेपाल,उत्तम जोशी, हरि प्रसाद पौडेल, बिनोद बस्नेत,यौवन प्रकाश श्रेष्ठ, गुमानराज पुलामी,प्रा.डा. श्री कृष्णप्रसाद गौतम,सपुतबहादुर कार्की, बिरेन्द...

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताउनुभयो । सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो । मादक तथा र लागुपदार्थ से...

बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेबूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयसम्म अघि बढ्न नसकेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको बताउनुभएको छ । उहाँले उक्त आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको ‘फिल्ड अफिस’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिनुभयो । प्रधानमन्त्री दाहालले आज गोरखाको सिउरेनीटारमा उक्त आयोजनाको फिल्ड अफिस उद्घाटन गर्नुभएको हो । “बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ, हरहालतमा अगाडि बढाइन्छ ...

प्रचण्डको ब्यथा ः सत्तलसिंहको कथा

विचार
 भवानी बराल करिव एक महिना अगाडिको कुरा हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस सेण्टर नेपालको साधारणसभालाइ सम्बोधन गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रमममा मैले आयोजकलाइ पाँच मिनेट समय माग गरेको थिएँ । मैले त्यहाँ प्रधानमन्त्रीलाइ पाँच मिनेटमा सार्वजनिकरुपमा दन्त्य कथा सुनाउँछु भनेको थिएँ । आयोजकको समय अभावले हो वा कथाको महत्व नबुझेर मलाइ समय उपलब्ध गराएनन् । भोलीपल्टको कार्यक्रममा मलाइ बोल्न दिइयो । प्रधानमन्त्रीको उपस्थिति नभएकोले मैले त्यहाँ यो कथा सुनाउने जरुरत सम्झिन । हुनतः प्रचण्ड प्रधानमन्त्री भएदेखि नै मैले यो कथा सुनाउने विचार गरेको थिएँ । तर त्यस्तो अवसर मिलेन । अब मिल्छ मिल्दैन भनेर नै मैले यो कथाको माध्यमबाट यो लेख सार्वजनिक गर्दैछु । प्रधानमन्त्री प्रचण्डले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीको रुपमा अन्तिम ‘इनिङ’ भनेर एकाध पटक दोहो¥याएका छन् । यो वाक्यलाइ कत...

शिक्षक संगठनको जिल्ला परिषद सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
कृष्ण ढुंगाना नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुपाल्चोकको १९आंै जिल्ला परिषद् मेलम्चीमा सम्पन्न भएको छ । संगठनका पूर्व जिल्ला अध्यक्ष एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यमा उक्त परिषद् सम्पन्न भएको हो । संगठनका जिल्ला अध्यक्ष मैया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब उद्वव कुमार लामिछानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष क्षेत्रप्रताप अधिकारीले आर्थिक प्रतिवेदन र महिला उपाध्यक्ष निर्मला धितालले महिला विभाग प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा संगठनका पूर्व जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, बागमती प्रदेश समिति सचिब राजेन्द्रकुमार श्रेष्ठ, प्रदेश समिति कोषाध्यक्ष गोविन्द रेग्मीले विशेष अतिथीको रुपमा मन्तव्य राख्नुभएको थियो । साथै शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार प्रसा...