सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार उद्योगी तथा व्यवसायीको पक्षमा रहेको बताउनुभयो ।
मंगलबार एकता व्यापार संघको आयोजनामा भएको ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उहाँले कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभयो । कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताउनुभयो ।
नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध...
