सम्पर्क

Month: २०७९ चैत्र २५ शनिबार

रास्वपा मेलम्ची नगर सभापतिमा ढकाल

राजनिती, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीको मेलम्ची नगर सभापतिमा गोकुल ढकाल चयन हुनु भएको छ । शनिवार मेलम्चीमा भएको नगर भेलाले ढकाललाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति माया गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिमा रञ्जित थापा, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा शारदा दुलाल तथा सदस्यहरूमा राकेश श्रेष्ठ,खेमनाथ ढुंगाना, गोपिलाल तामाङ,गोकुल दंगाल, अर्जुन श्रेष्ठ, सजना श्रेष्ठ, राजकुमार चालिसे र प्रदिप तामाङ लाई चयन गरिएको छ । सांसद प्रकाश परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले विभिन्न संगठनको विभाग समेत तोकेको छ । कार्यक्रममा केन्द्रिय सदस्य एवम् संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, बागमती प्रदेश सभापति डाक्टर अचुतम लामिछाने, उपसभापति दिनेश हुमगाई, लगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सभापति गुरुङ जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख...

महेन्द्रदय माबिको शैक्षिक गुणस्तर सम्बन्धि अन्तरक्रिया

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज कुमार ) सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिका– ६ पाटिडाँडामा रहेको श्री महेन्द्रदय माध्यमिक बिद्यालयले भौतिक बिकास तथा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।बिद्यालयका पुर्ब बिद्यार्थीहरु तथा शैक्षकि सरोकारवालाहरुलाइ बिद्यालयले बोलाएर उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।   शिक्षा सिकाइमा आएका बिद्यार्थीहरुलाइ प्रयाप्त मात्रामा आबशीय सुबिधा समेत को ब्यवस्था गर्नहुन नसकी भाडामा छात्रबास चलाएर शिक्षा प्रदान गरिरहेको उक्त बिद्यालयले यसरी गरेका अन्तरक्रीया कार्यक्रमले बिद्यालयको छात्रबास भवन निर्माण का साथै गुणस्तरिय शिक्षा सिकाइमा सहयोग पुग्ने सहभागी पुर्ब बिद्यार्थीहरुले बताउँनु भएको छ ।संस्थापक प्रधानध्यापक रूद्र ध्वज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधान संरक्षक राम शरण कार्की जनप्रतिनिधि, बुद्धिजीवी ,...

विस्तार हुँदै स्वास्थ्य बीमा सेवा

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य बीमा बोर्डको सेवा ७७ जिल्ला र सात सय ४८ स्थानीय तहमा विस्तार भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सेवा विस्तारमा बिर्डले विषेश ध्यान दिएको छ । स्वास्थ्य बीमाबारे आज आयोजित अन्तरक्रियामा निर्देशक बसौलाले बीमा सङ्ख्या विस्तार हुने क्रम बढ्दै गएको बताउनुभयो । उहाँले बीमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि सबै तह, निकाय जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो । “आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले सञ्चालन भइरहेको बीमा सबैको साझा रहेकाले यसको प्रवद्र्धन गर्न सबै जिम्मेवार हुनुपर्दछ”, उहाँले भन्नुभयो । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागू नभएकामा सम्बन्धित अधिकारीसँग छलफल भएको र अब छिट्टै सञ्चालनमा आउने उहाँले बताउनुभयो । बीमा कार्यक्रमलाई प्रवद्र्धन गर्न बोर्डले ११ मध्ये १० ...

सभाभुख देवराज धिमिरेबाट सष्टा सम्मान तथा अवार्ड बितरण

समाचार
काठमाडौं नागरिक क्रियशन प्रा.लि द्धारा सञ्चालीत नागरिक बोर्ड डटकमको प्रथम बार्षिककीको अवसरमा सस्टा सम्मान तर्था अवार्ड बितरण तथा पर्यटन प्रर्बदनमा सञ्चाार माध्यमको भूमिका विषेयक कार्यक्रम सम्पन भएको छ । पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिनिधी सभाका सभामुख देवराज घिमिरले उक्त सम्मान प्रदान गर्नुभएको हो । यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ समाजसेवी भिम सुवा गुरुङ्ग, समाजसेवी डा.आन्ची तेन्जीङ्ग धर्के गुरुङ्ग, शिक्षासेवी रामहरी सिलबाल, भवानी प्रसाद पौडेल, बिजेनेस कन्सल्टेन प्रज्ञान अर्याल, कृषि बिज्ञ डा. हिरालाल भुजेल, चर्चित गायक तिलक सिह पेला गायक रोशन त्रिशती चर्चित गायिका जुनु रिजाल डा. बम बहादुर त्रिताली थापा , गोबिन्द कार्की, पुष्पदास श्रेष्ठ, रामजी उपाध्याय, सन्त कुमार श्रेष्ठ , मैयाँ चापागाई , रुपा बलमी, मन्जु खत्री, नाडी शिरोमणी राजन प्रसाद घिमीरे, डिएन अधिकारी, सरस्वती शर्मा, सिह ब...

सिप सिकेर आत्मनिर्भर बन्दै

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरका स्थानीय सिप सिकेर आत्मनिर्भरताको बाटो लागेका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकासको लागि २ महिने तालीम लिए संगै स्थानीयले जिविकोपार्जनमा सहजता हुने बिश्वास लिएका छन् । तालिमको आज समापन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीय सरकारले गरेको लगानी दुरुपयोग नगर्न आग्रह गर्नुभयो । उहाँले सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि यो तालिम प्रदान गरिएको उल्लेख गर्दै तालीम तालिममै मात्र सिमित नगर्न आग्रह गर्नुभयो । उहाँले हाम्रै गाउँठाउँमा भएको स्रोत र साधनको उपयोग गरेर मनग्य आम्दानी गर्न सकिने बताउदै यस्को भरपुर उपयोग गर्न समेत सुझाव दिनुभयो । उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकालाइ छिट्टै प्लास्टिक मुक्त बनाउने योजना रहेको जानकारि गराउदै यसको सुरुवात वडा नम्बर २ बाट गर्नुपर्नेमा जोड दिनुभ...

बाँदर आतंक बढेपछि रुख काट्ने तयारी

ब्रेकिङ न्युज १, समाचार
बाँदर आतंक बढेको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ मा रुख काट्न सरकारले उर्दी जारी गरिएको छ । वडा नम्बर ११ ले सार्वजनिक सूचना जारी गरी खेतीपाती वरपरका अनावश्यक रुख कटानी गर्न आग्रह गरेको हो । ’बाँदरको आतंकले कृषकले उत्पादन गरेका बालीनालीमा पुगेको छ,’ वडाअध्यक्ष रोशनराज गिरीद्धारा जारी सूचनामा भनिएको छ, ’यसको न्यूनीकरणको लागि आफ्नो खेतबारीमा रहेका अनावश्यक रुख बिरुवा नियमानुसार कटानी गर्नु हुन सबैमा जानकारी गराइन्छ ।’ वडाध्यक्ष गिरीले आ–आफ्ना खेतबारीका अनावश्यक रुख आजका मितिले सात दिन भित्र हटाउने कार्य गर्न अनुरोध गर्दै अन्यथा हुने हो भने आ– आफ्नो गाउँ टोलको भेला बैठक बसि समस्या नभएको भनी सामूहिक निर्णय गरि वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गर्नुभएको छ । बाँदरको आतंक अत्यधिक हुन थालेपछि नियन्त्रणका लागि रुख काट्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ’पहिले जनसंख्या धे...

टपरी गाँस्ने प्रतियोगिता

ब्रेकिङ न्युज १, समाचार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै गएपछि यसको टपरी गाँस्ने सीप पनि हराउने जोखिम बढेकाले यो सीपको संरक्षण गरी टपरीको प्रयोग कायम गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि सुरु भएको औँद्योगिक, कृषि तथा पर्यटन मेलामा प्रतियोगिता आयोजना गरिएको हो । विभिन्न समूह तथा सङ्घ संस्थाले टपरीको विकल्पमा प्लास्टिकका थाललगायतका सामग्री प्रयोग बढाएसँगै टपरीको प्रयोग हराउन थालेको छ । तर अहिले पनि पूजापाठ जस्ता कार्यमा भने टपरीको प्रयोग भइरहेको छ । टपरी बुन्ने सीप जोगाउने उद्देश्यले प्रतियोगिता नै गर्नुपरेको आयोजकको भनाइ छ । मेल...

सबारी चालकहरूको स्वास्थ परीक्षण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
कुमार बस्नेत (अधिराज) बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सिन्धुपाल्चोकका सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेँरीको आयोजनामा शिविर आयोजना गरी आँखा तथा स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्रफिक प्रमुख उत्तम आचार्यले बताउनु भयो । बुधबार अधेरीमा शिविरको आयोजना गरी निजी तथा सार्वजानिक सवारी साधनका चालकको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । कार्यक्रममा बलेफी गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङले प्रहरीले गरेको काममको प्रशंसा गर्दै आगामी दिनमा यस्तै अनुकरणीय कामका लागि गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताउनुभयो । जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरुसँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा स्थानीयले जोड दिइरहेका छन् । शिविरसँगै प्रहरीले गाडिको टायरमा हावा भए नभएको, नटबोल्टहरु राम्रोसँग कस्सिए नकस्...

ट्राफिक प्रहरी द्धारा सबारी चालकहरूको स्वास्थ परीक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला ट्राफिक कार्यालय अधेँरीले बुधबार २ सय भन्दा बढी सबारीका चालकहरुको स्वास्थ परीक्षण गरेको छ। जिल्ला ट्राफिक कार्यालय अधेँरीले सवारी सञ्चालन गरिरहेका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरेको जिल्ला ट्रफिक प्रहरी प्रमुख उत्तम आचार्यले बताउनु भयो।स्वास्थ्य परीक्षणमा वल्र्ड प्रेसर,आँखा जाँच गरिएको थियो । स्वास्थय परिक्षण कार्यक्रममा बलेफि गाँउपालिकाका अध्यक्ष गंगा बहदुर तामाङ स्थानिय र प्रहरीको उपस्थिति रहेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी दुर्घटना न्युन होइन शुन्यमा ल्याउँन पर्छ भन्दै आचार्यको नेतृत्वमा सडकको दाँया बाँया मा रहेका फोहोर समेतलाइ सफा गरी सडक सफा गर्ने, सवारी साधनहरुको निरिक्षण गर्ने , यात्रीलाइ भाडा बढी लिएको छ की छैन भनेर छड्के जाँच गर्ने लगाएतका जनसरोकारका पक्षमा काम गरिरहेको छ । खास गरी सवारी सञ्चालनमा कसरी व्यबस्थीत गर...

मान्द्रा बुनेरै जीविकोपार्जन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उहाँलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आउनुभएको छ । “डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु”, उहाँले भन्नुभयो । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थाल्न...