सम्पर्क

Month: २०७९ जेष्ठ ९ सोमबार

राप्रपाद्धारा मुल्यबृद्धीको बिरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल आयल निगमा द्धारा जारी पेट्रोलियम पदार्थमा भउको मुल्य बिरोधमा बिभिन्न राजनिती दलहरुले बिरोध गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी ले पनी पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गरी उपभोक्त हित विपरीत भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका गर्नु भएको छ । राप्रपाले यस खाले मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक भएको बिज्ञेप्तीमा जनाइएको छ ।...

चौतारा साँगाचोकगढी ९ का वडा अध्यक्षद्धारा पदभार ग्रहण

राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ का नबनिर्बाचित वडा अध्यक्ष विमल श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । सोमबार वडा कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै श्रेष्ठले जनताको भावनालाई कदर गर्दै सेवा प्रवाह गरिने बताउनुभयो । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।...

चौतारा साँगाचोकगढी ७ का वडा अध्यक्ष तामाङद्धारा पदभार ग्रहण

राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ का नबनिर्बाचित वडा अध्यक्ष डम्बर बहादुर तामाङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार वडा कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएपछि तामाङले पदभार ग्रहण गर्नुभएको हो । नेपाली कांग्रेसबाट तामाङको सिङ्गो टिम निर्वाचित हुनुभएको थियो । वडा अध्यक्ष लगायत वडा सदस्यहरुले पदभार ग्रहन गर्दै ,पूर्व जनप्रतिनिधीहरुलाई सम्मान प्रमाण–पत्र सहित विदाई गरेको छ ।...

चौतारा साँगाचोकगढी ८ का अध्यक्षद्धारा पदभार ग्रहण

राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का नबनिर्बाचित वडा अध्यक्ष अमृत बहादुर दंगालले पदभार ग्रहण गर्नुभएको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट लोकप्रिय मत ल्याएर वडा अध्यक्षमा निर्वाचित दंगालले सोमबार वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार सम्हाल्दै उहाँले वडाका विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको बताउनुभयो । जनताबाट प्राप्त मतको सम्मान गर्दै आगमि दिनमा निष्पक्ष रुपमा वडाका विकासका लागि जनपक्षिय ढङ्गले काम गर्नुका साथै सरकारी बाईक नचढ्ने घोषणा गर्नुभएको छ । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।...

फेरी बढ्यो पेट्रोल प्रतिलिटर १८०

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ । पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।...

आयोगको नियमित पत्रकार भेटघाट नहुने

ब्रेकिङ न्युज २, समाचार
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ । स्थानीय तह निर्वाचनका सम्बन्धमा जानकारी दिन साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार भेटघाट भोलिदेखि नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले गत फागुन १ गतेदेखि सोमबार र बिहीबार अपराह्न ४ बजे पत्रकार भेटघाट गर्दै आएको थियो । रासस...

सुनकोशी हार्डवेरमा भिषण आगलागी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका –७ खाडिचौर स्थित सुनकोसी हार्डवेरमा भिषण आगलागी हुँदा आगो नियन्त्रणको लागि चौतारा र पाँचखालबाट २ ओटा दमकल जाँदै गरेको समचार प्राप्त भएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन आगलागि नियन्त्रणमा स्थानिय सुरक्षा कर्मी र सर्वसाधरणहरु पनि खटिरहेका छन् बिस्तृत बिवरण आउन बाँकि छ ।...

चौतारामा तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोकको चौतारामा हिराहरि तेक्वान्दो डोजाङ जुनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका आयुशी श्रेष्ठ, सुदिप श्रेष्ठ , मन्जित तामाङ, पहेलो पेटिका मिङ्मार तामाङ, सुजन तामाङ ,पहेँलो ÷हरियो पेटीका रुस्तम घिमिरे , जुना तामाङ, हरियो पेटिका अर्जुन योन्जन, निलो पेटि तर्फभने अनमोल कार्की र निशान ढुङ्गाना डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ का नवनिर्वाचित अध्यक्ष शिव श्रेष्ठ र विशेष अतिथि जिल्ला फुटबल संघ, सिन्धुपाल्चोकका नवनिर्वाचित अध्यक्ष अमृतमान श्रेष्ठ, सिनियर खेलाडीहरु दर्पण श्रेष्ठ, मेनुका श्रेष्ठ, आयन श्रेष्ठ, रिजन गौतम, प्रबिन घले र अभिभा...

नगरवासीको स्वास्थ्य बिमा, गरिब एवं जेहेन्दारलाई निशुल्क शिक्षा, तलब भत्ता नलिने घोषणा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाका केही स्थानीय जनप्रतिनिधीहरुले लोकप्रिय कार्यक्रमको घोषणका साथै शुक्रबार नै कार्यभार सम्हालेको समाचार प्राप्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटाले शुक्रबार पदभार ग्रहण गरि नगरवासीको स्वास्थ्यबिमा गर्ने नीतिगत निर्णय गर्नु भएको छ । त्यसै गरि मेलम्ची नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख आइतमान तामाङले नगर भित्रकागरिब एवं जेहेन्दार ५ जनाविद्यार्थीहरूलाई नगर भित्रको प्राविधिक विद्यालयमा नगरपालिकाको खर्चमा ईन्जिनियरिङ डिप्लोमासम्म निशुल्क पढाउने निर्णय गर्नु भएको छ । उँहाले २ जना विद्यार्थीहरूलाई कृषि प्राविधिक शिक्षा अध्ययनमा निशुल्क गर्नुका साथै नगरपालिका भित्र रहेका गर्भवती तथा सुत्केरी हुने महिलाको लागि नगरपालिका भित्रको बर्थिङ सेन्टरसम्म जाने आउने एम्बुलेन्स खर्च र काठमाडौं रिफर गरेको खण्डमा काठमाडौसम्म जाने एम्बुलेन्स खर्च नग...

सिन्धुपाल्चोक कांग्रेस ५,माओबादी४, र एमाले ३पालीकामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
२०७९साल बैसाख ३० गते भएको स्थानीय निर्वाचन को १२वटै स्थानीय तहको परिणाम प्राप्त भएको छ । प्राप्त पणिाम अनुसार ५ वटा पालीकामा नेपाली कांग्रेस ४ वटा पालीकामा नेकपा (माओवादी केन्द्र) र ३ वटा पालीकामा नेकपा (एमाले) ले जितेको छ । निर्बाचान आयोग सिन्धुपाल्चोकको अन्तीम जानकारी अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा नगर प्रमुख कृष्णप्रसाद सापकोटा (नेकपा (माओवादी केन्द्र)ले ११,०७२ मत ल्याइ बिजय हुनु भएको छ । उँहाका प्रतिद्वन्दी इन्द्रबहादुर नेपाल (नेकपा एमाले) ले ६,७८५ ल्याउँनु भएको थियो भने उपप्रमुख मा सीता थापा (नेकपा (एकीकृत समाजवादी) ले ९,७२६मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी बाल कुमारी सापकोटा (नेकपा एमाले)ले ६,८७७ मत ल्याउँनु भएको थियो यसै गरि बाह्रविसे नगरपालिकामा नगर प्रमुखमा बालकृष्ण बस्नेत (नेपाली कांग्रेस)ले ७,७२८मत ल्याइ बिजय हासिल गर्नु भएको छ । उँहाको प्रतिद्वन्दी न...