सम्पर्क

Month: २०७८ फाल्गुन १० मंगलवार

भोटेकोशी गाउँपालिकाको छैठौ अधिकृत ढुँगानाको विदाई

समाचार
भोटेकोशी गाउँपालिकामा मंगलबार छैठौ अधिकृत केशवराज ढुँगानाको विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र लाल श्रेष्ठले बिदाई स्वागत मन्तब्य राख्दै उँहाले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनहरुमा तपाइँको यात्रा अझ उज्ज्वल र सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । गाउँपालिको प्राङ्गणमा भएको कार्यक्रमको सञ्चालन कम्युटर अपरेटर मङगेस कुबँरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने बिदाई कार्यक्रममा खादा तथा माल्यर्पण गरि बिदाई गर्नेमा पुशु सेवा प्रमुख रोहन खतिवडा, महिला बिकास शाखा प्रमुख देवि काफ्ले, न्यायिक शाखाको सम्झना कार्की लगायत पालिकाका कर्मचारीहरुले बिदाई गर्नुभयो । बिदाईको क्रममा आफुले ५८ वर्ष सम्म काम गर्दा आफुले जागिर खाएको जागिर मात्र होईन जागिर खाए बापत घर खर्च पाएका हुँदा इमानदारी पुर्बक काम गरेर सेवा गर्न पर्ने ढुङ्गानाले ...

भोटेकोशीलाई पूर्ण कोभिड खोप पालिका घोषणा गरिने

ब्रेकिङ न्युज १, स्वास्थ्य
भोटेकोशी गाउँपालिकालाई पूर्ण कोभिड खोप पालिका घोषणा गरिने भएको छ । मँगलबार गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको उपस्थितिमा स्वास्थ्य सँस्थाको मासिक वैठक बसी नेपाल सरकारको नियमअनुसार कोभिड खोप लगाउन बाँकी रहेका सम्पूर्णलाई घुम्ती कोभिड खोप सञ्चालन गर्न सबैले आफ्नो ठाउँवाट पहल गर्ने कुराको सहमती भएको स्वास्थ्य सँयोजक भुपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी टुकी सँघ सुनकोशीको सुआहारा कार्यक्रममा विष्णुप्रसाद नेपालले विद्यालयमा आईरन चक्की नियमित र महिला स्वास्थ्य स्वयमसेविका खोज पड्ताल सम्बन्धी अभिमुखीकरण र पोषण कार्डबारे जानकारी गराउनु भएको थियो ।...

लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय

जिबनशैली
सामान्यतया  रक्तचाप १२०/८० हुनुपर्छ। तर, यदि तपाईको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या हुनसक्छ। लक्षण  – थकान लाग्ने –  कमजोरी महसुष हुने –  चक्कर आउँने –  दृष्टि धमिलो हुने –  छालामा पहेंलोपन देखिने –  शरीर चिसो हुने –  धेरै तिर्खा लाग्ने –   छिटो छिटो सास बढ्ने   समाधान कम रक्तचाप शरीरमा पोषण को कमी को एक साइड इफेक्ट हो। शरीरमा पानीको कमी हुन नदिनुहोस्। निर्जलीकरणले रक्तचाप पनि कम गर्छ। दिनमा कम्तीमा ७-८ गिलास पानी पिउनु जरुरी छ। सामान्यभन्दा बढी नुनिलो खानेकुरा खानुहोस् । नुनमा पाइने सोडियम तत्वले रक्तचाप बढाउँछ । तर, अत्यधिक नुन सेवन गर्न भने हुँदैन। अदुवा, कागती र नुन मिसाएर बनाइएको मिश्रण दैनिक सेवन गरेर रक्तचाप बढाउन सकिन्छ। नियमित गाँजर खाँदा पनि रक्तचाप बढ्छ । त्यस्तै, खजुरको सेवनले समेत रक्तचाप नि...

मेलम्चीको मर्मतमा तीन निकाय, पानी काठमाडौं आइपुग्न अझै समय लाग्ने

ब्रेकिङ न्युज २, समाचार
बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मतमा तीन वटा निकाय खटिएका छन् । तीन सातायता मेलम्चीको मर्मत मेलम्ची खानेपानी आयोजना, सिँचाइ मन्त्रालय र सडक विभागले गरिरहेका छन् । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार अहिले हेडर्वक्सको काम भइरहेको छ । जहाँ बाढीले ल्याएर थुपारेको थेग्रिनी छ । हेडर्वक्स वरपर ठूलो मात्रामा थेग्रिनी छ । थेग्रिनी सफा गर्ने क्रममा ठूला–ठूला चट्टान फेला परेका छन् । ‘ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ,’ पन्तले भन्नुभयो , ‘त्यो काम मेलम्ची खानेपानी आयोजना विकास समितिले गरिरहेको छ ।’ पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन् । गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो । बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो । टालिएको मु...

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

ब्रेकिङ न्युज १, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतद्धारा प्रदान गरिएको स्वास्थ्य सामग्री मँगलबार जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । चौतारा अस्पताल सँचालन तथा ब्यवस्थापन समितिको अध्यक्ष टँक कार्कीले अक्सीजन कन्सेटेटर १ वटा सहित माक्स एक कार्यक्रमका विच डा. करुणा वर्जाचार्यलाई हरुतान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले सामग्रीको संख्या भन्दा यसको सन्देश महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौती सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह भएको भनाई राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बस्नेतलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । स्वास्थ्य सामग्री बुझ्दै डा. वर्जाचार्यले सहयोगदातालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ क...

राष्ट्रिय युवा संघद्धारा बाह्रबिसेमा रक्तदान कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राष्ट्रिय युवा संघ नेपालका जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्धारा बाह्रबिसेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम गरिएको युवासंघ नेपालका जिल्ला संयोजक राजन दुलालले जानकारी दिनुभयो । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै शुरु भएको रक्तदान कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गर्नुभयो । उक्त कार्यक्रममा पार्टीका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रम सहभागी सम्पुर्णलाई सुरुमै सेनिटाईज प्रयोग गरी कार्यक्रम शुरु गर्नुभएको थियो ।...

नेता बस्नेत द्धारा स्वास्थ्य सामाग्री बितरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा अस्पताललाइ कन्सेन्ट्रेटर अक्सजिनको सामाग्री सहित जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय र शसस्त्र प्रहरी कार्यालय लगायत इन्द्रावती गाँउपालीकाका सबै वडा ,तथा चौतारा साँगाचोकगढी नगरपालिका सबै वडाहरुलाइ माक्स तथा सिटामोल लगायत स्वास्थ्य सामाग्रीहरु बितरण गर्नु भएको छ । चौतारामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघलाइ समेत स्वास्थ्य सामाग्री हस्तानन्तरण गर्नुभएको हो । पत्रकार महासंघका कमला पाख्रीनले उक्त सामाग्री लिनु भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्ब मन्त्री बस्नेतले मानिस स्वास्थ्य रहे मात्र देशको बिकास हुने भन्दै आफु अशक्त हुँदा पनी आफु भन्दा न्युन आय भएका नागरिकहरुलाई स्वास्थ्य समाग्रीको चरम अभाव भएपछि बैशाखीका भरमा हरेक गाँउ गाउँमा गएर स्वास्...

राससद्धारा सिन्धुपाल्चोकका पत्रकार सुवेदीलाई पुरस्कृत सहिद सम्मान गर्ने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) ले सिन्धुपाल्चोकका पत्रकार देवराज सुवेदीलाई पुरस्कार सहित सम्मान गर्ने भएको छ । राष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेसंगै सुवेदी सम्मानित हुने हुनुभएको हो । रासस सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बागमती प्रदेश बाट सुवेदी सङै पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट दिलकुमार लिम्बू, (फुङलिङ, ताप्लेजुङ), मधेश प्रदेशबाट अजयकुमार साह, (धनुषा), गण्डकी प्रदेशबाट तारानाथ आचार्य (बलेवा, बागलुङ), लुम्बिनी प्रदेशबाट सुशीला रेग्मी, (रामपुर, पाल्पा), कर्णाली प्रदेशबाट मिमबहादुर रावल (कालीकोट) र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह...

विद्यालयमा व्यवस्थापन समितिको टिम नै महिला सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दिपेन्द्र श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ मा रहेको सेतीदेवी माध्यामिक विद्यालय स्याउलेको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ । समितिमा विद्यालयका प्रधानाध्यापक र वडाका अध्यक्ष स्वत पदेन सदस्य बाहेकका अध्यक्ष सहित सम्पूर्ण सदस्य महिला सर्वसम्मत भएको हो । निरमाया लामाको अध्यक्षतामा सदस्यहरु क्रमश ः सरिता तामाङ, उमा परियार, अनिता तामाङ, देवकी कार्की थापा, कमलामाया श्रेष्ठ, सानुकान्छा श्रेष्ठ र शालिकराम ओली सर्वसम्मत चयन हुनुभएको हो । शिक्षक पन्चलाल श्रेष्ठका अनुसार पुरूषहरूमा सहमती जुट्न नसकेपछि महिलाहरू अग्रसर भएर अध्यक्षलगाएतको प्रस्ताव आएसंगै सहमती जुटाउन नसकेका पुरूषहरूलेपनि समर्थन गरेपछि सर्वसम्मत टुङ्गिएको हो । प्रधानाध्यापक शालिकराम ओलीले एक शिक्षक प्रतिनिधी हरिशरण श्रेष्ठ चयन गरि समिति टुङ्गाएको बताउनुभएको छ ।...

द्विबिधा नलिनु, जनताको सेवामा समर्पित छु ः वंशलाल तामाङ

ब्रेकिङ न्युज १, समाचार
सन्तोष सिग्देल ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहनुभएका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो । कुनै समय बिदेशिनु बाध्यता भएको बताउँदै उहाँले बिदेशमा रहँदाको सुख , सुविधा र ग्रिन कार्ड त्यागेर जनताको शेवामा तत्पर रहनको लागि नेपाल आएको उल्लेख गर्नुभएको छ । ’अमेरिकाको ग्रिन कार्ड त्यागेर ईंद्रावती गाउँपालिका प्रमुखको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरी उदाहरणीय काम गरेर मेरो समय जनताको सेवामा समर्पित गरेको छु’, तामाङले भन्नुभयो । पार्टीको जिल्ला संगठनलाई सुदृढ बनाउनको लागि जिल्ला सभापतीमा उम्मेदवारी घोषणा गरिसकेको र संगठनलाई सुदृढ़, संगठित, गतिशील र एकताबद्व बनाउने आफ्नो उद्धेश्य रहेको तामाङले जानकारी दिनुभयो । उहाँले फेसबुकमा लेख्नुभएको छ ः कुनै समय बिदेश...