सुशासनका लागि सुदृढ निर्वाचन प्रणाली विषयक अन्तर्क्रिया
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सुशासनका लागि सुदृढ निर्वाचन प्रणाली विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सामुदायिक सारथिको सहयोग र गैर सरकारी सँस्था महासँघ सिन्धुपाल्चोकको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागि हुनुभएका अधिकाँशले नो भोट सहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।
गैर सरकारी सँस्था महासँघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमानसीं तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत, गैर सरकारी सँस्था महासँघका केन्द्रीय उपमहासचिव राजेन्द्र शर्मा, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधी विदुर रायमाझी, नेकपा एमालेका जिल्ला सचिव रामचन्द्र ब...
