सम्पर्क

आमा


घनश्याम नेपाल

मेरी आमा कहाँ भेट्छु
संम्झनाले सताउँछ
एक्लै बस्छु रुदै रुंदै
मेरो मन छटाउँछ ।

आमा भन्दा ठुलो अर्को
कोहि हुन्न रहेछ हो
रेखा छाम्छु निधारैको
भाग्यले नै ठगेछ हो ।

कहुँ भन्छु कथा बेथा
सक्दिन म कसै गरि
बेदनाको ठुलो भारी
बोकि हिड्छु यसै गरी ।

टुक्रा भई मुटु फुट्छ
छाती मेरो चिरा चिरा
संधै रुन्छु हरेराम
भाब छैन सुराबुरा ।

टुहुरा भै असाएको
जिवन यो बिताइछु
घुमौँ भने मियो छैन
आँशु काढि कटाइछु ।

गर्छु श्राद्ध तिथी संम्झी
आँसु बग्छ ढिका ढिका
के अर्पण गरौ मैले
देख्छु आफैँ फिका फिका ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ , ढुँगेकुवा