सम्पर्क

दुई स्थानिय तहको साझेदारीमा सामुदायिक भवन निर्माण हुने

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र नुवाकोटको शिवपुरी गाउँपालिकाको साझेदारीमा सामुदायिक भवन निर्माण हुने भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर १ र मेलम्ची नगरपालिका वडा नम्बर ४ को सिमाना चिप्लिङमा सामुदायिक भवन निर्माण हुने भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल ,शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल ,शिक्षा शाखा प्रमुख रवि शर्मा , लेखा अधिकृत मुरारी पुडासैनी ,योजना शाखा प्रमुख राम कुमार केसि ,इन्जिनियर जित बहादुर कार्की र शिवपुरिको वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्रराज खत्री , निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद न्यौपाने ,लेखापाल लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा भएको बैंठकबाट भवन निर्माण हुने निश्चित भएको हो । मेलम्चीको ५ शिवपुरीको २ लाख ५० हजार र उपभोक्ता समुहबाट ४ लाख गरि ११ लाख ५० हजार रुपैयाँ लागत साझेदारीमा भवन बन्ने भएको मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनुभयो । बैठकबाट मेलम्ची नगरपालिकाले ५ लाख रुपैयाँ शिवपुरी गाउँपालिकालाइ उपलब्ध गराउने , मेलम्चीले उपलब्ध गराएको रकम फर्चौट गरेको कागजात मेलम्चीलाई उपलब्ध गराउने ,दुवै पालिकाबाट संयुक्त अनुगमन पश्चात् मात्र भुक्तानी दिने लगायतको दिपक्षिय निर्णय भएको मेलम्ची नगरपालिकाले जनाएको छ । मेलम्ची नगरपालिकाको केन्द्र बाट सबैभन्दा टाडा चिप्लिङमा दुई स्थानीय तहको समन्वयमा भवन बन्ने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।