अरनिको राजमार्ग अन्तर्गत साँगा खण्ड अवरुद्ध भएको छ । बुधबार राति साँगामा सवारीले ठक्कर दिँदा बनेपा नगरपालिका–१४ का ३२ वर्षीय विशाल तामाङको मृत्यु भएपछि उहाँका आफन्तले साँगा खण्ड अवरुद्ध गरेका हुन् ।
सवारी साधनको ठक्करबाट तामाङको मृत्यु भएको बताइए पनि ठक्कर दिने सवारी साधन भने पत्ता लागेको छैन । मृतकका आफन्तले दोषीलाई कारवाही र क्षतिपुर्तिको माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताउनुभयो । मृतकका आफन्तले अरनिको राजमार्ग साँगामा सडक अवरुद्ध गरेपछि तराई तथा पूर्वी जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रु तथा उपत्यकाबाट बाहिरने यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् ।
