खानामा फाइबर बढाउने उपाय
वनस्पति स्रोतबाट मात्र प्राप्त हुने रेसायुक्त पदार्थलाई फाइबर भनिन्छ। अन्नको पुरै भाग (मकै,गहुँ, जौँ, फापर, कोदो), गेडागुडी (चना, गेडागुडी,मस्याङ), सागपात, फलफूल आदिमा फाइबर प्रशस्त मात्रामा पाइन्छ।
हुन त यो काब्रोहाइड्रेटको एक प्रकार हो र पोलिस्याकराइड अन्तर्गत पर्छ। काब्रोहाइडे«टलाई स्याकराइड पनि भनिन्छ। साधारणतया फाइबरले पाचनक्रियालाई स्वस्थ राख्न मदत गर्छ।
भोजनमा फाइबरको विशेष महत्व छ। यसको पाचन तथा शोषण शरीरभित्र नभएपनि यसलाई खानाको रुपमा लिइन्छ। हुन त १ ग्राम काब्रोहाइडे«टबाट ४ क्यालोरी शक्ति प्राप्त हुन्छ। फाइबर शरीरभित्र पाचन नै नभईकन बाहिर निस्कने भएकाले यो काब्रोहाइडे«टको एक प्रकार भएपनि यसबाट शक्ति पाउन सकिँदैन। त्यसकारण साधारण अवस्थाबाहेक कम क्यालोरी भएको भोजन योजना गर्दा फाइबर भएको खाद्यवस्तु सामावेश गर्न नितान्त आवश्यक आवश्यक छ।
भोजनमा समावेश गरिएको फाइबरले शक्ति दिँ...
