सम्पर्क

३० औँ अन्तराष्ट्रिय अपांगता दिवस भव्य कार्यक्रमका साथ सम्पन्न


विगत दूई बर्षदेखि सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा सिबिएम नेपालको साझेदारितामा अपांगता भएका ब्यक्तिहरुको जिविकोपार्जनको क्षेत्रमा विविध क्रियाकलापहरु गर्दै आइरहेको सप्रोस नेपालले ३० औँ अन्तराष्ट्रिय अपांगता दिवशको अवशर पारेर भब्य कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
हेलम्बु गाउँपालिकाका उपाध्यक्ष एवम् पालिकास्तरिय अपांगता समन्वय समितिका संयोजक कोपीला पण्डितको सभापतीत्वमा विशेष प्रवचन कार्यक्रमका साथ सम्पन्न गरिएको कार्यक्रममा प्रमुख प्रशाासकिय अधिकृत विष्णुहरि तिमल्सिना, वडाध्यक्ष एवम् पालिकास्तरिय सामाजिक विकास शाखाका संयोजक राजकुमार लामिछाने र सप्रोस नेपालका प्रतिनिधि, पालिका भित्रका अपांगता भएका ब्यक्तिहरुले प्रवचन एबम् शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रभातफेरिका साथ शुरु भएको पालिकास्तरिय अपांगता समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले संचालन गर्नुभएको कार्यक्रममा सप्रोस नेपालले उपलब्ध गराएको १२ वटा व्हिल चेयर (क) बर्गका शारिरीक अपांगता भएका ब्यतिmहरुलाई पालकिा उपाध्यक्षले हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै इन्द्रावती गाउँपालिकामा पनि एक भव्य कार्यक्रमका साथ सम्पन्न गरिएको छ । इन्द्रावती गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा विषेश अन्तरक्रिया एवम् प्रवचन कार्यक्रम गरियो । वडाध्यहरु, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख लगायत विभिन्न शाखाका संयोजकहरु पालिका भित्रका अपांगता भएका ब्यक्तिहरु, लगायत सप्रोस नेपालका कर्मचारिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा सप्रोस नेपालले जिविकोपार्जनमा सहयोग गरेका अपाँगता भएका ब्यक्तिहरु मध्ये दुईजना उत्कृष्ठ लाभग्राहिहरु वडा नं २ का कुखुरा पालनमा सहयोग प्राप्त गरेका विनोद गिरि र वडा नं १२ का टनेल तरकारि खेतीमा सहयोग प्राप्त गरेका विमला दनुवारलाइलाई सम्मान गरेको छ । साथै इन्द्रावती गाउँ पालिकाले अपांगताको क्षेत्रमा आफ्नो गाउँपालिकामा अतुलनिय सहयोग गरेकोले ससम्मान स्वरुप सिीबएम ग्लोवल र सप्रोस नेपाललाई सम्मान पत्रले सम्मान गरेको सप्रोस नेपालका परियोजना ब्यवस्थापक निराजन चौलागाईले जानकारि दिनुभयो ।