नेत्रबहादुर वस्नेत


चौतारा साँगाचोकगढी नगरपालिका – मा रहेको इर्खु माध्यामिक विद्यालयको ६३ औ वार्षिकोत्सव तथा २३ औं अविभावक दिवस भब्य रुपमा सम्पन्न भएको छ ।
उक्त विद्यालयको वार्षिकोत्सव एक विशेष समारोहकाविच नेपाल हिल्फेका कार्यक्रम सँयोजक श्याम पण्डितले उद्धघाटन गर्नुभएको थियो ।
वार्षिकोत्सवकै अवसर पारेर बिद्यालयका पूर्व प्रधानध्यापक अमृत बहादुर दंगाललाई विशेष सम्मान गरिएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै नेपाचल हिल्फेका कार्यक्रम सँयोजक तथा कार्यक्रममा प्रमुख अतिथी पण्डितले विद्यालयको शैक्षिक सुधारका लागी निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमका विशेष अतिथी तथा वडा अध्यक्ष तिर्थवहादुर श्रेष्ठले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नु हुँदै शिक्षक मात्रैले विद्यालय सुधार हुन नसक्ने र त्यसका लागि विद्यार्थीको पनि ठूलो भूमिका रहने बताउनुभयो । कार्यक्रममा चौतारा क्याम्पसका सहायक प्रधानाध्यापक यज्ञप्रसाद दँगाल, ज्ञानमन्दिर माध्यामिक विद्यालय मेलचौरका प्रधानाध्यापक तुलसीप्रसाद दँगाल, नेकपा माओवादीका प्रतिनिधी रामकृष्ण दँगाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भगवान खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक यमनाथ दँगालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुतिले थप रौनकता थपेको थियो । २०१६ सालमा स्थापना भएको विद्यालयले चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ७,८,९,१२ र १३ सेवाक्षेत्र रहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा सुविधासम्पन्न पुस्तकालय र विज्ञान प्रयोगशालाको निर्माण गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश दँगालले जानकारी दिनुभयो । विद्यालयमा १५८ छात्र र २३३ छात्रा गरी ३९१ विद्यार्थिहरु अध्यनरत छन् ।
