सम्पर्क

हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पा द्धारा केन्द्रिय सदस्यमा मनोनयन दर्ता

नेपाली कांग्रेसका नेता एवम् सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काँग्रेस केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको छ ।
शनिबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा नेता शेर्पाले पार्टी सभापती शेर बहादुर देउवाको प्यानलबाट बागमती प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
नेता शेर्पाले आफूलाई मतदान गरेर केन्द्रीय सदस्य पदमा विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील समेत गर्नुभएको छ ।
२०६४ सालमै संविधान सभाको प्रत्यासी शेर्पा हेलम्बु गाउँपालिकाको अध्यक्ष निर्वाचित भएदेखिनै विकासको पर्याय बनेर विभिन्न नमुनाका काम गरेर चर्चामा हुनुहुन्छ । गत असार १ र १६ गतेको भिषण बाढीले तहसनहस बनाएको हेलम्बुलाई तत्कालै उचित ब्यवस्थापन गर्न सफल शेर्पा पछिल्लो समय निकै चर्चामा हुनुहुन्छ । नमुना गाउँपालिका बनाउने अभियान चलाएर चर्चामा चुलिएका शेर्पा विकास प्रेमि नेताको रुपमा परिचित् हुनुहुन्छ ।
देउवा प्यानलबाट ध्यन गोविन्द रञ्जित, ध्रुव प्रसाद अधिकारी र निमा ग्यालजेन शेर्पाको उम्मेदवारी परेको छ । यो उम्मेदवारी मिलाउने क्रममै रहेको तर बागमती प्रदेशमा बिशेषगरी जनजातीको वाहुल्यता रहेकोले समावेशीताको आधारमा आफ्नो उम्मेदवारी कायमै रहने शेर्पाले बताउनुभयो । उहाँले आफु विजयहुने कुरामा निश्चिन्त रहेको दावि गर्नुभयो ।