वँशलाल तामाङ , राजनितिक निष्ठाका पर्याय
तत्कालिन निर्दलिय पञ्चायती ब्यवस्था विरुद्धको साहसिक , ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी बोधका साथ होमिएको प्रखर प्रजातान्त्रिक अभियन्ता वँशलाल तामाङ ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरमा पिता हवलबहादुर तामाङ र माता कान्छीमाया तामाङको कोखबाट २०२० भदौ ५ गते जन्मनुभएका तामाङको सक्रिय राजनितिक यात्रा २०३६ सालबाट जिल्लाकै एैसेलुखर्क माविबाट नेपाल विद्यार्थी सँगठन ईकाई सभापतिको रुपमा सुरु भएको हो । जेल, नेल र अबरोध चिर्दै नेपाल विद्यार्थी सँघ सिन्धुपाल्चोकको सँस्थापक सदस्यको रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेल्नुभयो । उहीँ जिम्मेवारी, उहीँ प्रतिबद्धता र लोकतन्त्र र प्रजातन्त्र प्रतिको उहीँ लगावले अन्तत तामाङ २०४६ देखी २०४८ सालसम्म नेपाली काँग्रेसको ब्याड सँगठन नेबिसँघको जिल्ला अध्यक्ष बन्नुभयो । राजनितिक परिवर्तन र नागरिकको लोकतान...
