सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित— अध्यक्ष श्रेष्ठ
सिप सिकेपछी चुपलागेर बस्नुभन्दा सिपै नसिक्नु उचित हुने हुँदा सिक्नेले अरुलाई पनि सिकाउनपर्ने चौतारा साँगाचोकगढी नगरपालिका —१४ का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ ।
उहाँले बज्रयोगिनि अपाँगमैत्री सहकारि सँस्थाद्वारा डडुवामा सञ्चालन गरेको साबुन बनाउने तालिमको समापन कार्यक्रममको उद्धघाटन गर्दै सो कुरा बताउनु भएको हो । सपाँगले गरेको धेरै कार्यक्रमभन्दा अपाँगले गरेको एउटै काम एतिहासिक भएको बताउदै अध्यक्ष श्रेष्ठले चौतारा साँगाभोकगढी नगरपालिका वडा नं. १४ डडुवामा रहेको बज्रयोगिनी अपाँग मैत्री सहकारी सँस्थाले साबुन बनाउँने र सिन्के धुप बनाउँने तालिम दिएर नौलो काम गरेकोमा सहकारिलाई विशेष धन्यबाद दिनुभयो । अरु सहकारीभन्दा बज्रयोगिनी सहकारीले गरेका कामहरुको बारेमा प्रशँम्सा गर्दै अध्यक्ष श्रेष्ठले डडुवामा साबुन र धुप बनाउने तालिम दिन सहकारिले खेलेको भुमिकाका बारेमा चर्चा गर्दै आगामि दि...
