सिन्धुपाल्चोकको जिल्लाको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनी लगायत खोलाका माछाले बाढी आउनु अघिसम्म राम्रो बजार पाएको थियो । मेलम्चीको बाढिपश्चात भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेको थियो तर अहिले भने ती पाउन थालेपछि खुशी लागेको स्थानीय शम्भु माझीले बताउनुभयो । बाढिअघि उहाँको दैनिक गुजारा माछा बेचेर चलाउनुहुन्थ्यो । उहाँ बताउनुहुन्छ मैले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आएको थिए । मारेका माछा सहजै बिग्थ्यो । प्रतिकिलो एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । मेलम्ची, इन्द्रावती, तिपेनी लगायत खोलामा असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । त्यहाँ दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा पुनः पाउन थालेपनि खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले बताउनुभयो ।
