सम्पर्क

प्रहरीको जनचेतनामूलक कार्यक्रम

पृथ्वीजङ्ग पाण्डे
त्रिपुरासुन्दरी ४ पिस्करको मंगलामाई माबिमा प्रहरी सचेतना मुलक कार्यक्रम भएको छ । समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालय सम्पर्क कार्यक्रममा लागुऔषध तथा साइवर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रम प्रहरी चौकी पिस्करका प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर कार्कीको कमाण्डमा कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थी तथा शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको शिक्षक प्रमोद पाण्डेले बताउनुभयो ।लागू औषध बारे जानकारी ,साइबर क्राइम बारे विद्यार्थीहरुले कानुनी जानकारी हासिल गरेको विद्यार्थीहरुले बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीमा जानकारी हुनुको साथै जनचेतना फैल्याइ अपराध न्यूनीकरण गर्न मद्दत पुग्ने देखिन्छ ।