नेपाल शिक्षक संघ चौतारा साङ्गाचोकगढी नगर कार्य समितिले शुक्रबार इर्खु माबिमा चियापान कार्यक्रम तथा नब निर्वाचित नेपाल शिक्षक संघ सिन्धुपाल्चोक कार्य समितिलाई बधाई कार्यक्रम सम्पन्न गरेको छ । २०७९ सालको विजय दशमी ,दिपावली ,छठ पर्व तथा नेपाल संवत को अवसरमा शुभकामना आदानप्रदान गरिएको नेपाल शिक्षक संघ चौतरा नगरको अध्यक्ष सबिन दङ्गालले बताउनुभयो । दङ्गालको अनुसार नेपाल शिक्षक संघ को साधारण र विशिष्ट सदस्यहरुको उपस्थित रहेको थियो ।त्यसैगरी नवौ जिल्ला अधिवेशन बाट निर्वाचित जिल्ला अध्यक्ष ऋषिराम पौडेल ,उपाध्यक्ष निर्मला तिमिल्सिना ,सुर्यप्रसाद आचार्य सचिव रुद्र कार्की लगायत सबै निर्वाचित कार्यसमितिको उपस्थिति रहेको थियो, भने अध्यक्ष पदका प्रत्यासी शिवराम न्यौपाने ,सचिवका प्रत्यासी पुण्यप्रसाद गजुरेल लगायत निवर्तमान अध्यक्ष तुलसी दङ्गाल ,संघिय उपमहा सचिव वाङ्गजुङ लामा ,यज्ञ दङ्गाल लगायतका शिक्षक नेता हरुको उपस्थितमा भब्य र सभ्य कार्यक्रम भएको शिक्षक नेता ज्ञानबहादुर तामाङले बताउनुभयो ।
