सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने ः बस्नेत
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा जिल्लाका सबै वडाहरुमा काँग्रेसका उम्मेदवारले निर्बाचन जित्ने गरी बिकासका काम गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिद्धारा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफ्नो अभियान भनेकै सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने रहेको बताउनुभयो । उहाँले हरेक वडामा बिकासका कार्यक्रम गरेर नागरिकको मन जित्नका लागी वडाका सबै कार्यकर्ताहरु एक भएर पाटी बलीयो बनाउँन लागी पर्नुपर्ने बताउँनुभयो । मेलम्चीमा बेलीब्रीज पुल बनाउँने देखी लिएर हरेक बिकासका कार्यक्रमहरुमा आफु सक्रीय भएर लागेको बताउँदै निर्बाचन क्षेत्र नं. २ लगाएतका स्थानहरुमा निर्बाचनमा बोलेका कुराहरु सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।मन्त्री बस्नेतले सबै मिलेर स्वा...
