सिन्धु विकासका लागि मैले जित्नु अपरिहार्य छ ः मोहन बहादुर बस्नेत
आगामी मंसिर ४ मा हुने निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । पुर्ब मन्त्री बस्नेत गठबन्धनकै नेतृत्वदायि भुमिकामा रहनु भएको छ । समग्र सिन्धुपाल्चोकको निर्वाचनको विषयमा बस्नेतसँग लोकप्रिय समाचारले गरेको कुराकानी ः–
१. तपाई अहिले २ नं. क्षेत्रमा निर्वाचन लड्दै हुनुहुन्छ के छ यँहाको स्थिती ?
हो म यस पटक सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधीसभा सदस्यको लागी उम्मेदवार बनेको छु । मलाई बाम लोकतान्त्रिक गठबन्धनले यस क्षेत्रमा पठाएको छ । म नेपाली कांग्रेस पार्टीको केन्द्रिय सदस्य हुँ । म केन्द्रिय नेता भएका कारण मेरा लागी सबै निर्वाचन क्षेत्र बराबर हो र तर पनी मेरो जन्म क्षेत्र १ नं. हो म २ नंम्बरबाट निर्वाचन लड्दै छु । त्यति मात्र फरक हो म जिल्लामा हरेक पटक परेको...
