सम्पर्क

जिबनशैली

मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सगुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउसप्रालीको आयोजनामा मेलम्चीमा रहेको होटल हेरिटेजमा तालिमको शुरुवात भएको हो । नेपाल पत्रकार महासघंका केन्द्रीय महासचिब राम प्रसाद दाहालको प्रमुख अतिथ्यतामा र नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका उपध्यक्ष कान्ती न्यौपानेको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका बिद्यार्थीहरु सहभागीता रहनु भएको छ । पानसमा बत्ती बालेर तालिमको उद्धघाटन गर्दै महासचिब दाहालले पत्रकारिता पेशा आफैमा राम्रो मर्यादित पेशा हो यसलाइ प्रयोग गर्न जान्नु पर्छ यो पेशा जोखीम पनी छ भन्नु हुँदै “पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजप्रति उत्तरदायी भएर सत्य र तथ्य प्रस्तुत गर्ने दायित्व पनी भएको बताउँनु हँदै यस्ता तालिमले नयाँ पुस्तामा सही सोच र सीप विकास गर्न ...
केएमसी अस्पातलमा १०को निशुल्क उपचार

केएमसी अस्पातलमा १०को निशुल्क उपचार

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ र केएमसी अस्पताल बिच १०जनालाइ निशुल्क र थप अरुलाइ ५० प्रतिशत छुटमा उपचार गर्ने गरी दइ पक्ष बिच सम्झौता भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका बडा नंंः १४ र केएमसी अस्पताल बिच नागरिकहरूको स्वास्थ्य सेवामा पहुँचलाई थप सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यका साथ सम्झौता भएको वडा अध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाका अनुसार दुइ पक्ष बिच शुक्रबार भएको सम्झौतामा चौतारा साँगाचोकगढि नगर पालिका वडा नंः १४ भित्र बसोबास गर्ने स्थानीय नागरिकहरूले केएमसी अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस व्यवस्थाले नगरपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा कम खर्चमा उपलब्ध गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।  त्यसैगरी, आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका वर्षेनी १० जना बिरामीलाई चौतारा स...
श्री गोल्मादेवी माध्यमिक विद्यालयमा सोलार सिस्टम हस्तान्तरण कार्यक्रम सम्पन्न

श्री गोल्मादेवी माध्यमिक विद्यालयमा सोलार सिस्टम हस्तान्तरण कार्यक्रम सम्पन्न

अन्तर्वाता, कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
जितपुर, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा नेपाल किड्स (NEPAL KIDS) को सहयोगमा जडान गरिएको सोलार सिस्टम हस्तान्तरण कार्यक्रम भव्य, सभ्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइको केन्द्रका रूपमा विकास गर्ने, विद्युत आपूर्तिमा हुने समस्यालाई न्यूनीकरण गर्ने तथा आधुनिक शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सरोज लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चौतारा साँगाचोकगढी नगरपालिका–९ का पूर्व वडा अध्यक्ष तथा मित्रता संघ जितपुरका कार्यकारी निर्देशक श्री विष्णु लामा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा वडा सदस्य श्री सृजना तामाङ, नेपाल किड्सका अध्यक्ष श्री हरिशरण गिरी तथा उपाध्यक्ष श्रीमती शान्ति गिरी...
गोल्मादेवी माविमा नयाँ व्यवस्थापन समिति गठन

गोल्मादेवी माविमा नयाँ व्यवस्थापन समिति गठन

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुर स्थित श्री गोल्मादेवी माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ । विद्यालयमा आयोजित अभिभावक भेलाले अभिभावक प्रतिनिधिहरूको सहमतिमा नयाँ नेतृत्व चयन गर्दै विद्यालयको आगामी शैक्षिक तथा संस्थागत विकासको जिम्मेवारी सुम्पिएको हो । वडा सदस्य सिर्जना तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष विष्णु लामा प्रमुख अतिथि तथा निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम तामाङ विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक,समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । भेलाले सरोज लामालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा हुनुभएको हो । कामना तामाङ, अम्बिका कार्की र रेश्मा तामाङलाई सदसयमा सर्वसम्मत चयन गरेको हो । सर्वसम्मतिबाट नेतृत्व चयन हुनु ...
पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिका छन् । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि दुवै स्थानीय तहले औपचारिक रुपमा पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, सामाजिक विकास समिति संयोजक काले गोले, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष नारायण भट्टराई लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै पूर्णखोपको अवस्थ...
एउटै प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी

एउटै प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं   जिल्लास्तरीय पाँचपोखरी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आठौँ संस्करण अहिले तल्लो मूलपानी क्रिकेट मैदानमा चलिरहेको छ। यस प्रतियोगिता केवल चौका–छक्का, विकेट र जित–हारको प्रतिस्पर्धामा सीमित छैन। यहाँ मैदानभित्र एउटा यस्तो दृश्य देखिएको छ, जसले क्रिकेटलाई खेलभन्दा माथि उठाएर पुस्ता जोड्ने भावनात्मक सम्बन्धको प्रतीक बनाइदिएको छ।  एउटै प्रतियोगितामा तीन बुबा र तीन छोरा सहभागी हुनु आफैंमा दुर्लभ र प्रेरणादायी घटना बनेको छ। जिल्ला क्रिकेट सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष विजयकुमार धिताल र उनका छोरा सार्थक धिताल यस कथाका एक उदाहरण हुन्। बागमती प्रदेश अन्डर–१६ का तथा सिन्धुपाल्चोकका कप्तान र १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका सार्थकले पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। बुबाले क्रिकेटको विकासमा नेतृत्व सँगै मैदानमा सङ्घर्ष गरिरहँदा छोरा मैदानमा आफ्...
पाँचपोखरी टि-ट्वान्टी क्रिकेट : उपाधिका लागि हेलम्बु र पाँचपोखरी क्रिकेट क्लब भिड्ने

पाँचपोखरी टि-ट्वान्टी क्रिकेट : उपाधिका लागि हेलम्बु र पाँचपोखरी क्रिकेट क्लब भिड्ने

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं   काठमाडौँ । आठौँ संस्करणको जिल्लास्तरीय पाँचपोखरी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ।  सोमबार तल्लो मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा पाँचपोखरीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई र हेलम्बुले मेलम्ची नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।  पहिलो सेमीफाइनलमा पाँचपोखरीले पाँचपोखरी क्रिकेट क्लबलाई ३३ रन र हेलम्बु गाउँपालिकाले मेलम्ची नगरपालिकालाई २७ रनले पराजित गर्दै दुबैले फाइनल भेट पक्का गरेको हो ।  पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो। प्रतिक श्रेष्ठले २४ बलमा ४४ रन बनाए भने कप्तान सार्थक धितालले ४१ र बुद्धिमान पाख्रिनले ३३ रन जोडे । अन्त्यतिर पुजन धितालले १० बलमा अविजित २६ रनको आक्रामक इनिङ्स खेले । हिमा...
मुलखर्कमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

मुलखर्कमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक– नागरिकमा कानुनी ज्ञान र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका – ८ मुलखर्कस्थित श्री आदर्श विद्या मन्दिर आधारभूत विद्यालयमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गयिरएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा प्रमुख अतिथि तथा वडा नं. ८ का वडा अध्यक्ष अमृत दङ्गाल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले कानुनसम्बन्धी आधारभूत जानकारीका अभावले व्यक्तिलाई विभिन्न समस्या र अन्यायको सामना गर्न बाध्य बनाउने बताउनुभयो । उहाँले आफ्नो अधिकार, कर्तव्यप्रति सचेत नागरिक निर्माण गर्न वि...
अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
काठमाडौँ, २९ जेठ: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाइएको छ । मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनुभएको छ । समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे...
काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना ः७ जनाको मृत्यु, १५ जना घाईते

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना ः७ जनाको मृत्यु, १५ जना घाईते

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
.   काभ्रेपलाञ्चोक जिल्लाको बुच्चाकोट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका –२ स्थित बुच्चाकोटमा भएको उक्त दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनापछि घाईतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ । मृतकहरुको पहिचान तथा दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिका हुँदै खार्पाचोक –सुङ्गुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ...