चौतारामा २ दिने आत्मरक्षा तालिम सुरु
बागमती प्रदेश युवा परिषदको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुपाल्चोक आयोजनामा किशोरीहरुलाई २ दिने आत्मरक्षा तालिम चौतारामा सुरु भएको छ । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधानलगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ ।
बिहिबार र शुक्रबार २ दिन हुने तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापाले हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारिरिक हिसाबले तयार रहनका लागि तालिम महत्वपूर्ण हुने बताउनुभयो ।
बागमती प्रदेश युवा स्वयंसेवक रुपक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सीता थापा, अतिथि नगर महिला सञ्जालका सचिव तारादेवी राना, नगरकार्यपालिका सदस्य सानुमाया गुरुङ, प्रशिक्षक सीता माया बुलुन र निर्...
