सम्पर्क

जिबनशैली

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता

जिबनशैली, विचित्र संसार, समाचार
चितवन, २८ असार : नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो । रासस...

नागरिकको समस्यामा साथी बन्न सके मात्र मानवीय धर्म हुन्छ ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले हरेक नागरिकको समस्यामा साथि बन्न सके मात्र मानवीय धर्म हुने बताउँनु भएको छ ।उहाँले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका चनौटे स्थित मेलम्ची, हेलम्बु र पाँचपोखरीको लाईफलाईनको रुपमा रहेको रातो पुललाई केही दिनको अविरल वर्षाले क्षति पु¥याएकोले आइतबार सोही ठाउँको अवलोकन तथा स्थानीयहरुसँग भेटघाटका क्रममा यस्तो बताउँनु भएको हो ।बस्नेतले आफु १ नं. क्षेत्र २ नं. क्षेत्र भन्दा पनि नागरिकको समस्यासँग जुध्न जहाँ पनि जाने तर आफुलाई निर्वाचनमा मत दिएर बिजय गराएको निर्वाचन क्षेत्रमा भने जुनसुकै समयमा पनि नागरिकको समस्या समाधानमा लागि पर्ने र बिकासका कामहरुमा पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो । उहाँले हेलम्बु, पाँचपोखरी, मेलम्चीको बिकासका मुहार फेर्दे गर्दा यस्ता प्रकृति बिपतिले समस्यामा पार्न थाले...

पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, २३ असार : तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आईपीएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् । कृषकको क्षमता वृद्धि गराउनुका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने उद्देश्यले स्थानीयस्तरमा ‘कृषक पाठशाला’ सञ्चालन गरिएको थियो । तीन वर्षअघिदेखि सञ्चालित पाठशालाबाट हालसम्म ७५ वटा तालिम भइसकेका लवग्रीन नेपालका कार्यकारी प्रमुख नारायण ज्ञवालीले बताउनुभयो । पहिलो वर्ष आधुनिक खेती प्रणालीका लागि दक्षता हासिल गरेका १५ सय कृषक थिए । दोस्रो वर्षमा तीन हजार र तेस्रो वर्ष चार हजार पाँच सय कृषक पुगेका उहाँले बताउनुभयो । उक्त संस्थाले वडास्तरमा कृषक पाठशाला सञ्चालन गरी उक्त सङ्ख्यामा आईपीएम प्रविधिमा खेती ग...
सतर्क रहन सिन्धुपाल्चोक प्रशासन को अनुरोध 

सतर्क रहन सिन्धुपाल्चोक प्रशासन को अनुरोध 

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्लाबासीलाई सतर्क रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलले एक सुचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।साहयक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी द्धारा जारी सुचनामा विगत केहि दिन देखि यस जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, जुगल गाउँपालिका तथा त्रिपुरासुन्दरी गाउँपालिका लगायतका स्थानिय तहहरुमा भारी बर्षा भइ जोखिम बढाइरहेको व्यहोरा सबैमा अवगतनै छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पुर्वानुमान महाशाखाबाट समेत यि स्थानहरु बर्षाको कारणबाट उच्च जोखिममा रहेको कारण विद्युत प्रशारण लाइनको पोल तथा टावरहरु, संञ्चार खानेपानी सडक, निजि आवास तथा सरकारी भवनहरुमा प्रभाव परी धनजनको क्षति हुनसक्ने भएकोले सजग र सचेत रहनहुन सम्पुर्ण जिल्ला बासिहरुमा अनुरोध छ भनीएको छ ।  सुचनामा जोखिम हुन सक्ने स्थानहरुमा भोटेकोशी गाउँपालिकामा भोटेकोशी खोलाको बहाव ...

मेलम्ची नगरपालिकाद्धारा एसईईमा ३.६ भन्दा बढि जिपिए ल्याउने ३२ विद्यार्थीलाई सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सन्तोष सिग्देल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने मेलम्ची नगरपालिका भित्रका २ विद्यार्थी र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना गरि ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमलाइ समबोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभरिका विद्यालयमा एसईईमा ३.६ भन्दा धेरै जिपिए ल्याउने ३२ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद कुरा भएको बताउँनु भयो । आफु निर्वाचित भएको पहिलो र दोस्रो कार्यकालमा नितिगत कुराहरूमा व्यस्त भएकाले यो सम्मान कार्यक्रम राख्न नपाएको र तेस्रो बर्षमा मात्र सम्मान कार्यक्रम राखेको जानकारी दिनु भयो । सो अवसरमा प्रमुख तामाङले विद्यार्थीले मेलम्ची नगरपालिकाको सान राखिदिएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । मेहनती विद्यार्थी र आर्थीक अवस्था कम भएकोलाई छात्रवृत्ति दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो । एसईईमा यो बर्ष नगर...

मेलम्ची पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका आजबाट पूर्णखोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले एक समारोहका बिच नगरलाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख तामाङले मेलम्ची नगरपालिका भित्रका १६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरुले सम्पूर्ण खोप पुरा गरेको बताउँदै नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र ५ सय ३४ जना बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको बताउँनु भयो । उहाँले पुर्ण खोप घोषणा एवम् प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ पुर्ण खोप सुनिश्चीत नगरपालिका घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले स्वास्थ्य स्वयंसेवीकाहरु, कार्यरत स्वस्थ्यकर्मीहरुको अथक प्रयासबाट आ...

चौतारा साँगाचोकगढी नगरपालिका नगर स्तरिय सहकारी सञ्जाल गठन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नरमान श्रेष्ठको नेतृत्वमा नगर सहकारी सञ्जालको गठन गरिएको छ । उपाध्यक्षमा नारायण गौतम, सचिवमा चन्द्र बहादुर खत्री, कोषाध्यक्षमा सुजता सापकोटा, सह–सचिवमा मिन बहादुर श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा नेत्र बहादुर बस्नेत, कृष्ण बहादुर कार्की, चन्द्र प्रसाद काफ्ले, कुश्माखर शर्मा, रबिन गौतम, दिल बहादुर कार्की, रुद्र बहादुर श्रेष्ठ, राम कुमार खतिवडा , शंखर प्रसाद पराजुली, धामो तामाङ, होमनाथ चौलागाईं, सदस्यः भेष बहादुर खत्री र हरि बिश्वकर्मा रहनु भएको छ भने आबश्यकताका आधारमा पछी तिन जनाको सञ्जालको बैठकले मनेनित गर्ने भएको छ । यसैगरी सल्लाहकार समितीको अध्यक्षमा राजेन्द्र सापकोटा रहनु भएको छ भने सदस्यमा शोभा उलक रामशरण बिक रहनु भएको छ । गठित सञ्जालका पदाधिकारीहरुलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले टिका लगाएर स्वागत गर्नुभएको थियो ।...

पतञ्जली योग जिल्ला समितिहरुको पदस्थापन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा पुरुष र महिलाको छुट्टाछुट्टै पतञ्जली योग जिल्ला समिति गठन भएको छ । गठन समितिहरुको शनिबार एक समारोहकोविच पदस्थापना कार्यक्रम समेत भएको छ । ‘गरौ योग, रहौं निरोग’ भन्ने नाराका साथ पतञ्जली योग समिति सिन्धुपाल्चोकको आयोजनामा पतञ्जली योग समिति जिल्ला स्तरिय महिला र पतञ्जली योग समिति जिल्ला स्तरिय पुरुष समितीको नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम शहिद स्मृती भवन चौतारामा भएको हो । पतञ्जली योग समिति बागमती प्रदेशका प्रमुख ग्रोवेन तौजलेको सभाध्यक्षमा नयाँ नेतृत्वको पदाधिकारीहरुले पदस्थापन गरेका हुन् । पतञ्जली योग समिति जिल्ला स्तरिय महिला अध्यक्ष कविता राउत, उपाध्यक्ष शोभा उलक, महामन्त्री बिमला चालिसे, संगठन मन्त्री शिखा लामा, कोषाध्यक्ष अन्जली दुलाल, मन्त्री शुसीला बुढाथोकी रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा सुनिता श्रेष्ठ, गंगा श्रेष्ठ, सरस्वती लामा, गोमा श्रेष्ठ, उस्मिता सि...

उत्कृष्ट बुहारी सम्मान सहित जेष्ठ नागरिकलाई झुल बितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ नं. वडा कार्यालयले उत्कृष्ट बुहारी सम्मान सहित जेष्ठ नागरिकलाई झुल बितरणको कार्यक्रम गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्रका ४ जना बुहारिलाई आफ्नो घरको सासुससुरालाई सम्मान जनक ढङ्गबाट हेरचाह गरेको कारण उत्कृष्ठ बुहारी सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा प्रमिला अधिकारि नेपाल, कल्पना रसाइली, उर्मिला बस्नेत र सानिमाया तामाङ.रहनु भएको छ । यसैबिच शुक्रबार नै वडा कार्यालयले जेष्ठ नागिरकहरुलाई झुल बितरण गरेको छ । वडा कार्यालयमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष उद्वव नेपालले जबसम्म आफ्ना अभिभावकलाई मान सम्मान गर्न सकिँदैन तबसम्म आफुले पनि मान सम्मान खोज्न नसकिने बताउदै आफुहरुलाई यो संसार देखाउने आफ्नै पिता मातालाई आश्रममा लगेर राखेर आफू जस्तै महलमा बसेपनि क्षणिक खुशि हुन सक्ला तर स्थायी रुपमा दुखि न...

चौसागढी वडा नं २ बतासेमा सम्पतीमा बिभेद बिरुद्धको प्रशिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सम्पतीमा बिभेद बिरुद्धको अभियान अन्तरगगत चौतारासाँगाचोकगढी नगरपालिकाले वडा न २ बतासेमा प्रशिक्षण कार्यक्रम गरेको छ । बिहीबार चौतारा साँगाचोकगढी नगरपालिका महीला बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख सिता थापाले नेपालको संविधानमा उल्लेख गरिएको व्यवस्थालाई कार्यावयनमा ल्याउँनु हाामी सबैको प्रमुख दाइत्व भएको बताउदै अभिभावकले बालबच्चा जन्माई सकेपछि निश्चित समयसम्म उनीहरुको हेरचाह, पालनपोषण, उचित शिक्षामा निस्वार्थ ध्यान दिनुपर्दछ भने छोरालाई अंश दिने छोरीलाई किन नदिने भन्ने बिषयलाइ मध्यनजर गर्दै यो कार्यक्रम गरिएको बताउँनु भयो । उँहाले छोरा छोरी बराबरी भन्दैै सम्पत्तिमाथि महिलाको अधिकार रहन नसकेकाले पनि उनीहरुको शिक्षा, वृत्ति विकास तथा निर्णय क्षमता बढ्न सकिरहेको छैन भन्नु भयोे ।महिलाहरुलाई सम्पत्तिको हक कायममा गराएर मात्रै उनीहरु पुरुष सरह भईहाल्छन् भन्न...