सम्पर्क

मनोरन्जन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

#, जिबनशैली, मनोरन्जन, समाचार
काठमाडौँ, ११ चैत: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रु...
बाह्रबिसे– कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

बाह्रबिसे– कोदारी सडक स्तरोन्नति सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

#, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
अरनिको राजमार्गको बाह्रबिसे–कोदारी खण्ड सुधार गर्ने काम औपचारिक रुपमा सुरु भएको छ । भूकम्प, बाढी र पहिरोका कारण वषौँदेखी बिग्रिएको सडकलाई व्यवस्थित बनाउन सरकार अघि बढेको हो । यसका लागि करिब २ अर्ब ३७ करोड रुपैयाँ बराबरको बजेट सुनिश्चित गरिएको छ । सडक डिभिजन चरिकोटले ठेक्का प्रकिया पूरा गरी निमार्ण कम्पनीसँग सम्झौता गरेर काम सुरु गरिसकेको छ । करिब १ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का समझौता भएको परियोजनाका काम मंसिरदेखी अगाडी बढाएको हो । परियोजना अन्तर्गत बाह्रबिसेदेखी कोदारीसम्मको २६ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरिनेछ । हाल विशेषगरी पहिरोको जोखिम भएका क्षेत्रमा पर्खाल र अन्य संरचना निर्माण्को काम तीव्र गतिमा भईरहेको छ । अहिलेसम्म करिब ७ प्रतिशत भौतिक प्रगति भएको बताईएको छ । निर्माण पक्षले आवश्यक सामाग्री र काममा अवरोध नआए तोकिएको समय भित्रनै काम सक्ने जनाएको छ । योजना अनुसार तीन वर्षभित्...
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ९ चैतः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताउनुभयो । उहाँले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो । उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिनुभयो । नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको ...
बागमतीमा नेतृत्व विवाद चर्किँदै, दबाबमा मुख्यमन्त्री बानियाँ

बागमतीमा नेतृत्व विवाद चर्किँदै, दबाबमा मुख्यमन्त्री बानियाँ

#, मनोरन्जन, राजनिती, समाचार
बागमती प्रदेश सरकारको नेतृत्वलाई लिएर नेपाली कांग्रेश र नेकपा एमालेबीच विवाद बढ्दै गएको छ । कांग्रशेका इन्द्रबहादुर बानियाँ साउन २० गते मुख्यमन्त्री बनेका थिए र केही दिनमै विश्वासको मत समेत लिएका थिए । तर त्यसपछि करिब सात महिनादेखी प्रदेशसभा बैठक बस्न नसक्दा सरकारको कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ । यसैबीच सत्ता साझेदार एमालेले आलोपालोे नेतृत्वको सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै दबाब बढाएको छ । एमाले नेताहरुले चैतपछि सरकारको नेतृत्व आफनो दलले पाउनुपर्ने दाबी गरेका छन् र त्यसका लागि आन्तरिक छलफल तीव्र बनाएका छन् । तर कांग्रेशले भने यस्तो कुनै स्पष्ट लिखित सहमति नभएको बताउँदै तत्काल सरकार परिर्वतनको सम्भावना नरहेको जनाएको छ । सरकारका तर्फबाट पनि अहिले नेतृत्व फेर्ने विषयमा औपचारिक निर्णय नभएको प्रतिक्र्रिया आएको छ । यसका साथै सभामुख पदलाई लिएर पनि दुवै दलबिच मतभेद देखिएको छ । सत्ता स...
लिसंखुपाखरमा रास्वपाको बैठक, सुशासन र आगामी निर्वाचनमा केन्त्रित छलफल

लिसंखुपाखरमा रास्वपाको बैठक, सुशासन र आगामी निर्वाचनमा केन्त्रित छलफल

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
लिसंखु पाखार गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनपछिको समिक्षा बैठक सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, कार्यकर्ता र स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन सुधार, जिम्मेवारीको स्पष्टता तथा आगामी स्थानीय तहको निर्वाचनका लागी आवश्यक रणनीति निर्माणका विषयमा व्यापक छलफल गएिको जनाइएको छ । गाउँपालिका सभापति गंगा बहादुर लामाले निर्वाचन खर्च पारदर्शी बनाउनु अत्यावश्यक रहेको बताउँदै सबै तहको जिम्मेवार व्यक्तिलाई आवश्यक कागजात पेश गर्न आग्रह गरे ।स्थानीय तहमा सुशासन कायम गराउन पार्टीले सक्रिय दबाब सिर्जना गर्ने निर्णय पनि बैठकले गरेको छ । केन्द्रमा पार्टीको उपस्थिति भए पनि स्थानीय तहमा अन्य दलको नेतृत्व भएकाले जनउत्तरदायित्व सुनिश्चित गराउन पहल आवश्यक रहेको धारणा राखिएको थियो । आगामी २०८२ को निर्वाचनलाई ध्यानमा र...
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
काभ्रेपलाञ्चोक, ९ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६ किलोमिटरको उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । आयोजनाले थपिएको समयमा काम सम्पन्न गर्ने जनाएको छ । दुई लेन रहेको उक्त राजमार्ग छ लेनमा विस्तार गरिएको हो । सडकका दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिमसाता पुनः एक वर्ष म्याद थप गरिएको थियो । उक्त सडक विस्तारका लागि सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भइ गत मङ्सिर २५ गते...
रसुवागढी नाकामा तीन महिना व्यापार प्रभावित हुने

रसुवागढी नाकामा तीन महिना व्यापार प्रभावित हुने

#, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार
चीनसँग जोडिएको महत्वपूर्ण व्यापारिक नाका रसुवागढीमा आगामी तीन महिनासम्म व्यापार प्रभावित हुने भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्ड स्तरोन्रतिको कामका कारण प्रत्येक महिनामा १५ दिन सडक बन्द गरिने भएपछि व्यापारमा असर पर्ने देखिएको छ । गल्छी– त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक आयोजनाले सूचना जारी गर्दे अप्रिलदेखी जुनसम्म सडक आवागमन आंशिक रुपमा बन्द रहने जनाएको छ । योजनाअनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म सडक पूर्न रुपमा बन्द गरिनेछ । “चाइना एड स्याफ्रुबेशी रसुवागढी रिपेयर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट” अन्तर्गत सडक स्तरोन्रतिको कार्य सुरु हुन लागेको हो । चिनियाँ निर्माण कम्पनीले उक्त   काम जिम्मा लिएको छ । आयोजनाका अनुसार जोखिमयुक्त स्थानहरुमा काम गर्दा निमार्ण सामाग्री र उपकरण व्यवस्थापन गर्नुपर्ने तथा सुरक्षका कारण सडक बन्द गर्नुपरेको हो । कामलाई तीव्र र सुरक्षि...

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
काभ्रेपलाञ्चोक, ८ चैत : अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो । साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा...
अवरुद्द बीपी राजमार्ग एकतर्फी खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

अवरुद्द बीपी राजमार्ग एकतर्फी खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
शुक्रकार परेको  वर्षाको कारण अवरुद्द बीपी राजमार्ग शनिबार बिहान देखी पुनःखुलेको छ । बिहान सबेरैदेखी रोकिएको सवारी आवागमन सडक मर्मतपछी करिव साढे ९ बजेदेखी सामान्य अवस्थामा फर्किएको हो ।रोसी खोलामा आएको बाढीको बाहाव घटेपछी क्षतिग्रस्त भाग सुधार गरिएको थियो । हाल राजमार्गमा सबै  प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् । यद्यपि मौसम अझै पूर्ण रुपमा अनुकूल नभएकाले यात्रा गर्दा सर्तकता अपनाउन सुरक्षा निकायले सुझाव दिएको छ । शुक्रवार साँझको वर्षाले चारसयबेशी, गिम्दी, दाउन्रे र कालढुङ्गा क्षेत्रमा सडक अवरुद्घ बनाएको थियो । यसअघि बाढीबाट क्षति पुगेको भकुण्डे–नेपालथोक खण्डमा पुनर्निमाण जारी रहेको छ भने अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ ।...
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
जनकपुरधाम, ६ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिनुभएको थियो । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताउनुभयो । उहा...