सम्पर्क

अवरुद्द बीपी राजमार्ग एकतर्फी खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

शुक्रकार परेको  वर्षाको कारण अवरुद्द बीपी राजमार्ग शनिबार बिहान देखी पुनःखुलेको छ । बिहान सबेरैदेखी रोकिएको सवारी आवागमन सडक मर्मतपछी करिव साढे ९ बजेदेखी सामान्य अवस्थामा फर्किएको हो ।रोसी खोलामा आएको बाढीको बाहाव घटेपछी क्षतिग्रस्त भाग सुधार गरिएको थियो । हाल राजमार्गमा सबै  प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् । यद्यपि मौसम अझै पूर्ण रुपमा अनुकूल नभएकाले यात्रा गर्दा सर्तकता अपनाउन सुरक्षा निकायले सुझाव दिएको छ । शुक्रवार साँझको वर्षाले चारसयबेशी, गिम्दी, दाउन्रे र कालढुङ्गा क्षेत्रमा सडक अवरुद्घ बनाएको थियो । यसअघि बाढीबाट क्षति पुगेको भकुण्डे–नेपालथोक खण्डमा पुनर्निमाण जारी रहेको छ भने अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ ।