मौसम पूर्वानुमान महाशाखा का अनुसार आज देशका विभिन्न भागमा मौसम बदली भई हावाहुरी, वर्षा र हिमपात हुने समभावना रहेको छ । शनिवार बिहानदेखी नै देशका अधिकांश क्षेत्रमा बादल लागेको छ । विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही ठाउँमा चटयाङ र हुरीसहित वर्षा भईरहेको जनाइएको छ । महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दिउँसो देशका धेरैजसो स्थानमा बदली रहनेछ ।
कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा तथा कर्णाली र सुदुरपश्चिमका केही भागमा मेघगर्जन, चटयाङ, असिना र हुरीबताससहित वर्षा तथा हिमपात हुन सकने अनुमान गरिएको छ । यीमध्ये कोसी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिम पनि रहेको छ । रातिको समयमा पनि पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । केही स्थानमा हल्का वर्षा र हिमपात जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
