एमालेले अब माओवादी बोक्दैन, हिंसा कोटिहोम होईन, हिंसा नै हो ः बस्नेत
नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आगमी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नगर्ने बताउनुभयो । ‘एमाले फुटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको छ । अव एमालेले माओवादीलाई बोक्दैन’,–बस्नेतले भन्नुभयो, ‘समुदाय भड्काउने, ध्वंसको राजनीतिवाट माथि नउठ्ने माओवादीको अव कुनै भविष्य छैन ।’
‘हिंसा हिंसा नै हो, कोटिहोम होईन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’–बस्नेतले प्रश्न गर्नुभयो । ‘आज सयौको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो, माओवादी नेता अग्नी/सुवोध सापकोटालाई जनताले नै जवाफ दिनुभयो,’ नेता बस्नेतले भन्नुभयो, –‘माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा आफ्नो जनाधार समाप्त गरेको छ, अव माओवादीले कहीँ कतै जित्दैन...
