सम्पर्क

राजनिती

चार दलिय गठबन्धनबिच आठ बुँदे सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्प कमल दाहालले एकाएक नेपाली कााग्रेस सहीतको गठबन्धनलाइ तोडेर नँया गठबन्धन गर्नू भएको छ । नँया गठबनधनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीरहेका छन । यसै सन्धर्भमा नँया गठबन्धनको सँगबालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ।सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ । सहमती पत्रमा बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्ष आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबीच संयुक्त स...

१६गते इर्खुमा प्रतिमा–सालिक उद्धघाटन

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ मा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको समुद्घाटन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा फागुन १६ गते बुधबार समुद्घाटन हुने भएको उद्धघाटन समारोहका मुल आयोजक समितीका संयोजक धन गोले तामाङले जानकारी दिनुभयो । नगरको प्रबेशद्धार इर्खु घुम्ती डाँडामा रहेको सालिकले सँस्कार सँस्कृतिलाई संरक्षण गर्दै पर्यटक भित्राउँने महत्वपुर्ण भुमिका खेल्ने मुल आयोजक समितीका संयोजक गोलेले बताउँनुभयो । उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तथा नेपाल तामाङ बोन्बो घेदुङका केन्द्रिय अध्यक्ष लाक्पा घ्याम्छो मोक्तान समेतको बिशेष उपस्थितीमा र स्थानिय निकायका जनप्रतिनिधि एवम् समासेव...

कुकुर उठाउँदै बलेरोमा हाल्दै

जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चाुक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाले छाडा कुकुर समातेर कुकुरको बन्ध्याकरण गर्न शुरु गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिकाले यस बर्ष करिब २०० कुकुरको बन्ध्याकरण गर्ने योजना राखेको पशु शाखाले जनाएको छ । यसै सन्धर्भमा बुधबार कुकुर सङ्कलन गर्न वडा नं १४मा नगर पशु शाखाका कर्मचारी पुगेर स्थानीयको सहयोगमा कुकुर समाउँदै बलेरोमा हाल्दै लगेको छ ।यसरी जम्मा पारिएको कुकुरलाइ इर्खुमा लगेर बन्ध्यकरण गरि फर्काइने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का वडा सदस्य रत्न बहादुर तामाङले कुकुरको बन्ध्याकरण गरेर जँहाबाट लगस्यको सोही ठाउँमा ल्याएर छाडीने र त्यस्ता कुकुरबाट अरु छाउरा नहुने भएको ले छाडा कुकुर नियन्त्रणमा आउँने बताउँनु भयो ।  ...

अमिरको निधनले जनजाती महासघंलाइ क्षेती

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको निधनले सिङ्गो लाकतन्त्रबादीलाइ ठुलो क्षेती भएको महासघंले जनाएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समिति र नगर कार्यसमितिको संयुक्त आयोजनामा सिन्धुपाल्चोक जिल्लाको युवा नेता; नेपाल शिक्षक संघको सदस्य एवम् नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको घरमा उपस्थिति भई औपचारिक रुपमै गरिएको श्रद्धाञ्जली र समाबेदना कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको अध्यक्ष ज्यान बहादुर तामाङले सबै लोकतन्त्रबादीहरुले उँहाको निती सिदान्त र उँहाले समाजमा गरेका सामाजीक कामहरुलाइ निरन्तरता दिदै अगाडी बढ्न सके मात्...

सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ गरिएको छ। गाउँपालिकाको कार्यलय सुनखानी हुन पर्ने माग सहीत आन्दोलन गरिरहेको सुनखानी बासीहरुले कार्यलय घेराउ गरेका हुन । माघ २९ गते सुनकोशी गाउपालिकाको कार्यपालिका बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउंपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाब ले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो। सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा,सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा ,सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठ...

स्वास्थ्यमन्त्रीको ठाडो निर्देशनमा बिरअस्पतालको औषधी पसल बन्द

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देसको राजधानी सबैको मुटुमा रहेको स्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको बिर अस्पताललाइ बदनाम गराउँन बिर अस्पताल अगाडी सञ्चालनमा रहेको औषधी पसलहरु लागी परेको तथ्य फेला परेको छ । बिहीबार स्वास्थ्य मन्त्रीको नेतृत्वमा र औषधि व्यवस्था विभागका महानिर्देशक सहीतको समुहले अनुगमन गर्दा उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ समुहको निरीक्षण पछि कानून विपरित वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका महं...

संघीय सरकारको निर्देशन नमान्ने पालिका, पालिकाको निर्देशन नमान्ने वडा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
साँढेको जुधाई बाच्छाको मिचाई भने झै नेपालमा संघीयताको कार्यन्वयन पुर्णता नहुँदै केन्द्र सरकार र केही स्थानिय सरकारबिच आ–आफ्नै निर्णय लागु गर्ने प्रतिस्पर्धा चलेको छ । फागुन १ गते जनयुद्ध दिवसमा बिदा नदिने केन्द्रिय सरकारको निर्णयलाई चुनौती दिदै केही पालिकाहरुले बिदा दिएपछी पालिकालाई नै चुनौती दिदै मातहतका वडा कार्यालय खुलेका छन् । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका १४ वटा वडा मध्ये ८ वटा वडा कार्यालयहरु सञ्चालनमा रहेका छन् । वडा कार्यालय सञ्चालनमा रहे पनि नगरपालिकाको कार्यालय भने बन्द रहेको छ । सिन्धुपाल्चोकमा रहेको ३ वटा नगरपालिका मध्ये जिल्लाको सदरमुकाममा रहेको चौतारा साँगाचोकगढी नगरपालिका बन्द रहेको छ भने मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका खुल्ला रहेको छ । ् चौतारा साँगाचोकगढी नगरपालिकाका ८ वटा वडा कार्यालयहरु खुल्ले रहेका छन् । नेपाल कम्युनिष्ट पाटी माओबादी...

चौसागढी न.पा. स्याउले र झ्याडीमा तालिम सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १स्याउले र वडा नं १४ एकीकृत नमुना बस्ती झ्याडीमा सिप मुलक तालीम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय र चौतारासागाचोकगढी न. पा. को संयक्त आयोजनामा चौसागढी १ स्याउलेमा स्थानीय कच्चापदार्थबाट ढक्की, फुलदानी, झोला लगायतका सामानहरु  नीर्माणको लागी तालिम सम्पन्न भएको छ ।तालिमको समापन समारोहमा स्थानीय २० जना महिलालाई प्रमाणपत्र समेत बितरण गरिएको छ । प्रमाण पत्र बितरण गर्दै वडाअध्यक्ष युवलाल श्रेष्ठले स्थानीय कच्चापदार्थबाट वनेका सामानहरू देख्दा भक्तपुर घुमेको अनुभव भएको बताउँनु भयो । उँहाले थोरै लगानीमा पनि यस्ता सामाग्री वनाउदा आम्दानिको बाटो खुल्ने वताउँनु भयो । यसै गरि उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख बिश्वनाथ काफ्लेले थोरै लगानिबाट पनि प्रशस्त आम्दानीको श्रोत वन्न सक्ने सीप सिकाउन पाउँदा खुशी लागेको बताउँनु हुँदै य...

राप्रपा सिन्धुपाल्चोकद्धारा केन्द्राध्यक्षलाइ धन्यबाद

राजनिती, समाचार
  राष्टीय प्रजातन्त्रपाटी सिन्धुपाल्चोकले केन्द्रीय अध्यक्ष सहीत नव निर्वाचीत युवक सङ्गठनका पधाधिकारीहरुलाइ धन्यबाद ब्यक्त गरेको छ । सिन्धुपाल्चोक जिल्ला सिन्धुपाल्चोृक जिल्ला पाटी अध्यक्ष निलध्वज थापाको अध्यक्षतमा आइतबार बसेको नियमित बैठकले राप्रपाको केन्दीय अध्यक्षको प्रमुख अतिथ्यतामा भएको युवक सङ्गठनको अबिधेशनमा सहभागी सबैलाइ धन्यबाद समेत ब्यक्त गरेको छ । गत माघ २०गते भएको अधिबेशनले देवराज गुरुङ्गको अध्यक्षतामा २७ सदस्यीय कार्य समितीको समेत चयन गरिएको थियो । अन्य पदाधिकारीहरुमा पुरुष उपाध्यक्ष गुञ्ज बहादुर तामाङ महीला उपाध्यक्षमा रोशनी श्रेष्ठ, रहनु भएको छ । यसै गरी सचिबमा सरोज केसी , कोषध्यक्षमा सञ्जीव थापा रहनु भएको छ। १उपाध्यक्ष, र सहसचिब निव निर्वाचित अध्यक्षले मनोनित गर्ने भएको छ । यसै गरी सदस्यहरुमा तेज बहादुर बस्नेत, अमीर थापा, शेखर थापा,रुपेन्द्र दुलाल,हिराश्रेष्ठ, रा...

नगर प्रमुख अर्को पार्टीको भएपनि उहाँ राम्रो हुनुहुँदो रहेछः वडाअध्यक्ष श्रेष्ठ,

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, राजनिती, विचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला साविक बाह्रबिसे नगरपालिका वडा नं६मा पिता परम बहादुर श्रेष्ठ र माता दिल माया श्रेष्ठको कोखबाट २०२४जेठ २२मा जन्मनु भएका बिकास प्रेमी समाजसेवी कुल बहादुर श्रेष्ठ हाल वडा नं६मा वडा अध्यक्ष हुनुहुन्छ। प्रस्तुत छ उहाँसँग रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज बाह्रबिसे विज्ञापन व्यवस्थापक फूडोमा शेर्पाले लोकप्रिय समाचार राष्ट्रिय दैनिकका लागी गर्नुभएको छोटो कुराकानी यँहाको परिचय ? मेरो नाम कुल बहादुर श्रेष्ठ हो , म वडा नं ६ को वडा अध्यक्ष हु। मेरो बुबाको नाम परम बहादुर श्रेष्ठ भने आमाको नाम दिल माया श्रेष्ठ हो मेरो जन्म २०२४ जेठ २२ गते भएको हो , म अहीले बाह्र्बिसे नगरपालिका वडा नं ६को वडाअध्यक्षको म्मिेवारी बहन गरिरहेको छु । निर्वाचित हुने बेलाको अनुभव कस्तो रह्यो ? नेपालमा सघीयता लागु भए पछी दोश्रोपटक भएको स्थानीय निर्वाचनमा म पनी वडा अध्यक्षको उम्मेद्वार बन्न पाए...