राप्रपाबाट अलग भएको कमल थापाको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । मँगलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताउनुभएको हो ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, पूर्वउपप्रधानमन्त्री थापाले विज्ञप्तिमा लेख्नुभएको छ । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना सफल नभएको उल्लेख गर्नुभएको छ । पार्टीमा आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको उहाँको भनाइ छ ।
‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए ...
