सम्पर्क

राजनिती

नागरिकताको समस्या तत्काल समाधान गर्न अध्यक्ष यादवको आग्रह

राजनिती, समाचार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उहाँहरुको माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बहानामा उहाँहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गर्नुभयो । सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसद्मा पारित गरेर कार्यान्वयनमा ल्याउनसमेत उहाँले आग्रह गर्नुभयो । बहुभाषिक नीति लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गर्नुभयो । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न आग्रह गर्दै सिमान्तकृत र बहिस्करणमा पारिएका समुदायलाई विशेष ध्यान दिनुपर्ने उहा...

राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ । शुक्रबारको बैठकमा राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिकरुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औँल्याउनुभयो । उहाँले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको निरन्तरता दिएकामा प्रशंसनीय गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य कृष्णप्रसाद पौडेलले नीति कार्यक्रममा समयमै पुँजीगत खर्च गर्ने गरी ऐन बनाउने , गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र प्रदान गरी जीविकोपार्जन स्तरोन्नति गर्ने, पुँजीबजार आर्कषण बढाउने, बीम...

जनप्रतिनिधिहरु संघ संस्थाको संचालकमा बस्न नपाउने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्थानीय तहका जनप्रतिनिधिहरु कुनै पनि सहकारी संघ संस्थाको संचालकमा बस्न नपाउने भएको छ । सहकारी विभागले बिहिबार सहकारी संघ संस्थाहरुका लागि ३५ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । सहकारी संस्थाको दर्ता तथा नियमन सम्वन्धि प्रत्यक्ष संलग्न प्रतिनिधिहरुले सहकारी संस्थामा संचालक बस्न नपाउने भएको हो । यो व्यवस्था सहकारी ऐन, नियमावलीमा पनि उल्लेख गरेको छ । उल्लेखित पदहरुमा बहाल रहेको भएमा तत्काल राजिनामा दिन विभागले निर्देशन दिएको छ ।...

निमफुञ्जो शेर्पाद्धारा नेकपा एमालेको पद त्याग

राजनिती, समाचार
नेकपा एमालेका बागमती प्रदेस कमिटीका सदस्य निमफुञ्जो शेर्पाद्धारा उक्त पदबाट राजिनामा दिनु भएको छ । बाह्र्बिसे नगरपालिकाका पुर्ब नगर प्रमुखले निर्बाचनमा पाटप्ले सहयोग नगरेको भन्दै आफ्नै सामाजिक सञ्वाल मार्फत पदबाट राजिनामा दिनु भएको जनाउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लाको राजनीतिक ईतिहासमा विगत ३ दशक अघि देखि नेकपा(एमाले)बाट राजनीति गर्दै आएँ । बाह्रबिसे नगरपालिकाको एउटा दुर्गम गाउँ मान्द्रामा जन्मिएर मेरा दाजु तथा एमालेका जनजाती नेता निमपासाङ शेर्पाको क ईतिहासलाई कायम राख्दै र उहाँको सपनालाई पुरा गर्न राजनीतिमा निरन्तर लागे । त्यसबेला मैले पार्टीसंग कुनै पद र हिस्सा मागिन । मेरो त्यहि योगदान र लगानीलाई मूल्याङ्कन गरेर गत स्थानीय तहको निर्वाचनमा पार्टीले मलाई टिकट प्रदान ग¥यो । कांग्रेसको दवदवा रहेको बाह्रबिसे जस्तो ठाउँमा चुनाव जित्ने कुरा चानचुने थिएन । तर मेरो टिम र सिङ्गो पार्टीक...

बहुमुखी क्याम्पस चौताराले गर्यो बधाई कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपालचोक जिल्लाको सदरमुकाम स्थित चौतारा बहुमुखी क्याम्पसले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चौतारा सानँगाचोकगढी नगरपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र १४ वटा वडाका वडा अध्यक्षहरुलाई बुधबार चौतारा क्याम्पसमा बधाई तथा शुभकामना दिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटा देशबन्धुले नगरपालिकाले गर्ने कुनै पनि सहयोग र समन्वय त्यो सधैं रहिरहने र थप सहयोग जुटाउनका प्रदेश र संघमा अधिकतम प्रयास गरिने र सबैले सो का लागि हातेमालो गर्न अनुरोध गर्नु भयो । सापकोटाले सिङ्गो नगरलाई शैक्षिक हबको रुप बिकास गर्नका लागि बृहत् छलफल र अन्तर्कृया कार्यक्रम गरि एउटा निष्कर्षमा शैक्षिक अभियान सन्चालन गर्ने आफ्नो योजना रहेको भन्दैे छलफल का...

सरकारको नीति तथा कार्यक्रम दिवा खाजा कक्षा ८ सम्म लाइ

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्मासरकारको नीति तथा कार्यक्रम प्रस्तुतगर्नु भएको छ । निती तथा कार्यक्रममा दिवा खाजा विस्तारसहित विद्यालय शिक्षामा सुधार गर्न विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने उल्लेख छ । नीति तथा कार्यक्रममा शिक्षामा प्रविधियुक्त शिक्षालाई विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा सूचना प्रविधिको विस्तार गर्न इन्टरनेट सुविधा ५० प्रतिशत शुल्कमा उपलब्ध गराउने, गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने, विद्यालयको न्यूनतम पूर्वाधार कार्य सम्पन्न गर्ने, विज्ञान गणित शिक्षकको अभाव हुन नदिन शिक्षक दरबन्दी थप गर्ने, नमूना विद्यालयलाई सुविधासम्पन्न बनाउँदै सञ्चालनमा ल्याउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिवर्तन गर्ने उल्लेख गरिएको छ ।नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८० विश्वविद्यालयलाई राष्ट्रिय महत्वका आधारमा व...

चौतारा साँगाचोकगढी १० का वडा अध्यक्ष तामाङद्धारा पदभार ग्रहण

राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का नबनिर्बाचित वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन) ले पदभार ग्रहण गर्नुभएको छ । सोमबार वडा कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै तमाङले जनताको भावनालाई पहिलो प्राथमिकता दिदै सेवा प्रवाह गरिने बताउनुभयो । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।...

सुत्केरीलाई १५ सय भत्ता, ज्येष्ठ नागरिकलाई घरमै औषधी सुनकोशी गाउँपालिकाको निर्णय

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सुनकोशी गाउँपालिकाले पालिकाभित्रको सुत्केरीलाई एक हजार पाँच सय रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले पदभारपछि यस्तो निर्णय गरेका हुन् । यस्तै छोरी जन्मिएको हकमा सुत्केरी स्याहारका लागि थप एक हजार रुपैयाँ दिने निर्णय पनि भएको छ । नयाँ आर्थिक वर्षदेखि यो निर्णय कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी  ७० वर्ष माथिका नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगी, ज्येष्ठ नागरिकहरूलाई चिकित्सकको कागजपत्रको आधारमा घरमै नियमित औषधी उपलब्ध गराउने कार्यक्रम समेत सुरु गर्ने भएको छ । जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीले जिल्लाका १२ स्थानीय तहका प्रमुखहरूलाई शुक्रवार नै पद तथा गोपनीयताको शपथ गराएका थियो । सुनकोशीबाट निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई गाउँपालिका अध्यक्ष तिमिल्सिनाले सोमबार पद तथा गोपनीयताको...

चौतारा साँगाचोकगढी १४ का वडा अध्यक्ष नेपालद्धारा पदभार ग्रहण

राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का नबनिर्बाचित वडा अध्यक्ष उद्धव नेपालले पदभार ग्रहण गर्नुभएको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट लोकप्रिय मत ल्याएर वडा अध्यक्षमा निर्वाचित नेपालले सोमबार वडा कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार सम्हाल्दै उहाँले जनताबाट प्राप्त मतको सम्मान गर्दै आगमि दिनमा निष्पक्ष रुपमा वडाका विकासका लागि जनपक्षिय ढङ्गले काम र्ने बताउनुभयो । यसैबिच वडा कार्यालय परिवारले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको छ ।...

पाँचपोखरीमा एक घर एक धारा र एक घर एक महिला उद्यमी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले अध्यक्ष लामाले घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गरि सुन्यमा झार्ने, एक घर एक धारा र एक घर एक महिला उद्यमी कार्यक्रम संञ्चालन गर्ने निणर्य गर्नुभएको छ । गाउँपालिकामा उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई लामाले सपथ गराउनुभयो ।वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा दोस्रो कार्यकालमा क्रमश ः टासी लामा र सुनिता अधिकारी नेकपा एमालेको तर्फबाट विजयी हुनुभएको थियो । निर्वाचनमा ६ वटा वडामा एमाले, एक वडामा राप्रपा र एकमा काँग्रेसले जितेको थियो ।पदभार ग्रहण गर्दै अध्यक्ष लामाले घरमै सुत्केरी हुने अवस्थालाई अन्त्य गरि सुन्यमा झार्ने, एक घर एक धारा र एक घर एक महिला उद्यमी कार्यक्रम संञ्चालन गर्ने निणर्य गर्नुभएको हो । यसै गरी उपाध्यक्ष अधिकारीले जेहेन्दार विद्यार्थीलाई एम।बि।बि।एस। र प...