सम्पर्क

ब्रेकिङ न्युज २

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, समाचार
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विश्वव्यापी प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले सल्लाहकार समिति गठन गरेको छ। च्याप्टरले गठन गरेको सल्लाहकार समितिमा अनेसासका केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र के.सी., साहित्यकार तथा समाजसेवी अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, साहित्यकार एवं मधेशी आयोगकी माननीय सदस्य रेणुदेवी साह र नेपाल च्याप्टरकी पूर्व अध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्य सन्ध्या पहारी रहेका छन्। त्यसैगरी च्याप्टरले कार्यसमिति सदस्य शान्ति रिसाललाई नेपाल च्याप्टर महिला समितिको संयोजकमा चयन गरेको छ। सल्लाहकार समितिमा चयन भएका व्यक्तित्वहरू नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक सेवाका विविध क्षेत्रमा आआफ्नो विश...
बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह

बालबालिका,गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न मन्त्रालयको आग्रह

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।Energy-Drink-related-Notice-1793187899_compressed विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ।विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ। युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र...
मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

कृषि, खानेपानी, ब्रेकिङ न्युज २, विचार, समाचार
सुदूरपश्चिम, ९ कात्तिकः गत असोज १६ गते कैलालीको गौरीगङ्गा नगरपालिका–६ स्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गयो । जङ्गलमा एक्लै च्याउ टिप्न गएका स्थानीय कृष्ण चौधरीको घटनास्थलमै मृत्यु भयो । घटनाको भोलिपल्ट सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ, नेपाल –एन—फेकोफन) का महासचिव डण्डीराज सुवेदीले सार्वजनिक अपिल गर्दै भन्नुभएको थियो, “बाघ अझै पनि मानव बस्ती नजिकैका जङ्गलवरिपरि घुमिरहेको छ भन्ने जानकारी प्राप्त भइरहेको छ । यसलाई छिटो नियन्त्रणमा लिनुप¥यो, अन्यथा थप मानवीय क्षति हुन सक्छ ।” त्यसपछिका केही दिनसम्म बाघ वन क्षेत्रमै रहेको चर्चा भए पनि विस्तारै अवस्था सामान्य बन्दै गयो । “यसपटक मात्रै होइन, त्यस क्षेत्रमा बेलाबखत बाघ देखिने गरेको छ । त्यसक्रममा कहिले मानिस त कहिले पशुपन्छी निसानामा पर्ने गरेका छन् । अब थप क्षति हुन नदिन प्रभावकारी उपायबारे सोच्न जरुरी छ”, मह...
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

खानेपानी, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
म्याग्दी, ७ कात्तिक : बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पु¥याएको हो । बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचना...
माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक, १ कात्तिकः यहाँका माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापांकुशा एकादशीको दिन र तिहारको भाइटीकाको भोलिपल्ट तृतीयाका दिन यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दै आएका हुन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर, माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तको नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । अल्पसङ्ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरापर्व’ भनिने गरिएको हो । मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षको बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको ...
सिन्धुकाँग्रेसक्षेत्रीय देउवा पक्षीय अधिबेशन २मा प्रकास बस्नेत १मा २७गते हुने

सिन्धुकाँग्रेसक्षेत्रीय देउवा पक्षीय अधिबेशन २मा प्रकास बस्नेत १मा २७गते हुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लामा नेपालिी काग्रेसको नियमित १५औ अधिबेशन(देउवा पक्षको) २ न क्षेत्रीय सभापतीमा प्रकाश बस्नेत निर्बीरोध निर्बचित हुनु भएको छ । शुक्रबार मेलम्चीमा भएको अधिवेशनबाट २क्षेत्र ‘क’ र ‘ख’ को समेत नेतृत्व चयन भएको छ भनृे साथै विभिन्न क्लस्टरबाट ३५ जना महाधिवेशन प्रतिनिधि निर्बाचित गरेको छ। अधिवेशनबाट क्षेत्रीय सभापतिमा प्रकाश बस्नेत (काजी) सँगै सचिवमा राजकुमार रायमाझी र अजय लामा तथा सहसचिवमा बलराम बानियाँ र मानबहादुर तामाङ निर्बीरोध हुनु भएको छ । त्यसैगरी प्रदेशसभा क्षेत्र ‘क’ को नेतृत्वमा सूर्यप्रसाद कोइराला र प्रदेशसभा क्षेत्र ‘ख’ को नेतृत्वमा रामशरण गिरी निर्बीरोध हुनु भएको हो । पूर्वसभापति शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता मोहन बहाद्र बस्नेतले विशेष महाधिवेशनको नाममा नाटक गरेर पार्टी अपहरण गरिएको बताउँनु भयो । अहीले धेरै मानीसहरु वास...
सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

सुनकोशी कांग्रेस सभापतिमा सर्वसम्मत निर्वाचित बस्नेतद्वारा धन्यवाद तथा आभार व्यक्त

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक । नेपाली कांग्रेसइतर पक्षको सुनकोशी गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनबाट कुमार बस्नेत (अधिराज) सर्वसम्मत सभापतिमा निर्वाचित हुनु भएको छ्। महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता तथा कुमार बस्नेत (अधिराज)को सभापतित्वमा सम्पन्न भएको १५औ अधिबेशनले बस्नेतलाई नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई थप जिम्मेवारी प्रदान गर्ने नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सातवटै वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नू भयो ।।उहाँले अधिवेशनबाट आफूलाई सर्वसम्मत सभापतिमा निर्वाचित गरी विश्वास र जिम्मेवारी प्रदान गर्ने पार्टीका अग्रज नेता, प्रतिनिधि, वडा सभापति, पदाधिकारी तथा सम्पूर्ण क्रियाशील ...
सिन्धुकाग्रेस १मा सगुन २मा कृष्णकुमार आजै केन्द्रीय महाधिबेशन उद्धघाटन

सिन्धुकाग्रेस १मा सगुन २मा कृष्णकुमार आजै केन्द्रीय महाधिबेशन उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेपाली काग्रेसको १५औ महाधिवेशन अन्तरगत असोज १३ गतेको निर्वाचनमा समस्या उत्पन्न भएपछि स्थगित भएको निर्वाचन असोज १७ गते पुनः सञ्चालन गरिएको निर्बाचनमा १ नं क्षेत्रमा सगुन श्रेष्ठ र २ नैमबर क्षेत्रमा कृष्ण कुमार तामाङ निर्बाचित हुनु भएको छ । मतगणनाअनुसार श्रेष्ठले ६ सय ७० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी आङदोर्जे शेर्पाले ३ सय ९९ र देवेन्द्र खड्काले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।त्यस्तै, क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा बागमती प्रदेश सांसदसमेत रहनु भएका बागमती प्रदेसका पुर्ब मन्त्री कृष्णकुमार तामाङ ‘समीर’ निर्वाचित हुनु भएको छ । तामाङले ५ सय ७९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो भने उँहाका प्रतिस्पर्धी पासाङ दोङ तामाङले ४ सय २८, करुण सागर सिग्देलले ६० र भूपेन्द्र थापाले १ सय ९ मत प्राप्त गर्नु भएको छ ।क्षेत्र नम्बर २ को सचिवमा कुम...
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ । उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ । महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ । महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ । महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पु¥याउने उद्देश्यले ...
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
काभ्रेपलाञ्चोक, १४ असोजः निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो । विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आ...