सम्पर्क

समाचार

७३ जिल्लामा १५ सय भन्दा बढी डेंगु संक्रमित

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ५०२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३८०, कोशी प्रदेशमा तीन सय,गण्डकी प्रदेशमा ३०३ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिम प्रदेशमा २१८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो ।...

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

ब्रेकिङ न्युज २, समाचार
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गरगहनामा शून्यबाटै कर लाग्ने गरी भएको घोषणा फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सुनचाँदी व्यवसायीले सुन जन्मदेखि मृत्यपछिको संस्कारमासमेत आवश्यकपर्ने हुँदा यसलाई विलासिताका रूपमा नहेरी संस्कार, संस्कृति र सम्पतिका रूपमा बुझिदिन सरकारलाई सुझाव दिनुभयो । महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले सुन र गहनामा विभिन्न नाममा ३० प्रतिशतसम्म कर लाग्ने व्यवस्थाले नेपाली व्यवसाय धरासायी हुने बताउनुभयो । उहाँले अहिलेकै घोषणा कायम रहेमा नेपालमा सुन महँगो भई उपभोक्ता मारमा पर्नुका साथै हजारौँ मजदुरको रोजगारी गुम्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । खुला सिमाना भएका कारण भारतीय बजारमा पुगेर सहज सुन किन्न वातावरणले राज्यको ठूलो परिमाणमा राजस्व गुम्न सक्ने पक्षमासमेत सजग रहन जरूरी रहेको व्यवसायीको भनाइ ...

पाँचपोखरीका जनप्रतिनिधिको आक्रोस, संघ र प्रदेश सरकारले पाँचपोखरीलाई हेला गर्यो

ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी थाङ्पाल गाउँपालिका गाउँसभाको १७औं अधिवेशन गाउँपालिका अध्यक्ष टासी लामाको सभाअध्यक्षमा सुरु भएको छ । कार्यक्रममा दलिय प्रतिनिधिको रुपमा शुभकामना राख्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबोले प्रदेश र संघ सरकारले यो गाउँपालिकालाई हेला गरेको बताउँदै सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।उहाँले बजेटले पर्यटनलाई ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै एमालेबाट निर्वाचित वडा नं. ६ का अध्यक्ष एवम पालिकाका प्रबक्ता नारायण भट्टराईले पनि संघ र प्रदेश सरकारले बजेटमा हेला गरेको बताउँदै काठमाडौंबाट नजिकै रहे पनि बत्तिमुनिको अधेँरो जस्तै भएको बताउनुभयो । उहाँले पालिकाले शिक्षा र स्वास्थ्यमा ध्यान दिरहेको बताउँदै स्थानीय सरकार आएपछि हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।उँहाले आन्तरिक श्रोतबाट भएपनि शिक्षकको व्यवस्थापन गरिएको बताउनुभयो । राप्रपाबाट नि...

बाह्रबिसे नगरपालिकाको १७औं नगर सभा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
हिरा खड्का/बाह्रबिसे सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले आइतबार खुर्सानीबारी स्थित नगर सभा हलमा १७औं नगर सभा भव्य रुपमा सम्पन्न गर्दै आगामी आर्थिक बर्ष २०८२/८३ का लागी नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । स्थानिय सरकार संचालन ऐन अनुसार असार १० गते भित्र सबै स्थानिय तहले नीति तथा कार्यक्रम र बजेट ल्याई सक्नु पर्ने प्राबधान अनुसार नगर प्रमुख बालकृष्ण बस्नेतको सभाध्यक्षतामा पूर्व स्वास्थ्य तथा संचार मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्या, जिसस प्रमुख बालकृष्ण श्रेष्ठ बिशेष आतिथ्यता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतको आतिथ्यममा उद्घाटन समारोहका साथ सभा सम्पन्न भएको हो । उक्त नगरसभामा उपप्रमुख मञ्जु तामाङले आगामी वर्ष २०८२/०८३ का लागि ६० करोड ३३ लाख ८४ हजार ४८३ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा निः शुल्क शिक्षाका लागि चार कर...

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा उद्योग वाणिज्य संघ विजयी पर्यटन प्रवद्र्धनमा जोड

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) लामोसाँघु, असार ७ –सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले रोमाञ्चक जित हात पारेको छ । ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा उद्योग वाणिज्य संघले सिन्धु सुकुटे पर्यटन व्यवसायी संघलाई ३–२ गोल अन्तरले परा   जित गर्दै उपाधि उचालेको हो । प्रतियोगिता उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सम्पन्न भएको थियो, जसमा जिल्ला फुटबल संघ, सिन्धुपाल्चोकले प्राविधिक सहयोग पुर्याएको थियो । पहिलो हाफसम्म दुवै टोलीले २–२ को बराबरी खेलेका थिए भने दोस्रो हाफमा उद्योग वाणिज्य संघले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गर्यो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका सल्लाहकार सभापति बेद बहादुर श्रेष्ठले रेफ्...

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।...

नेपाली महिला समाज कतारले मनायो १४औं स्थापना दिवस

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रहेका नेपाली दिदीबहिनीको साझा संस्था नेपाली महिला समाज कतारले आफ्नो  १४औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । समाजले शुक्रवार मुन्ताजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लोक माया केसीको सभापतित्व संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख संरक्षक रेखा राईको प्रमुख आतिथ्यमा स्थापना दिवसको साथमा “सम्मान तथा सचेतना”  कार्यक्रम २०२५ मनाएको हो । विधिगत रूपमा दीप प्रज्वलन, ब्यानर अनावरण गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । संस्था स्थापना गर्दा आई परेका दुख, पिडा, बाधा, अवरोधहरूलाई स्मरण गर्दै स्थापना दिवसको अवसरमा केक काटेर समाजमा आबद्ध रहेका महिला दिदीबहिनीहरूले एक आपसमा खुसीयाली समेत साटेका थिए । स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष सदस्य, मानार्थ सदस्य, समाजका संरक्षक, सल्लाहकारहरू तथा सहयोगीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्...

रतनकोटमा विश्व शान्तिका लागि त्रिपिटक पाठसहित ९ दिने महापूजा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत(अधिराज ) सुनकोशी गाउँपालिका–५, रतनकोटमा ब्रह्माण्डका सम्पूर्ण प्राणी जगतको कल्याण तथा विश्व शान्तिको कामनासहित आयोजना गरिएको ९ दिने त्रिपिटक पाठसहितको महाशान्ति पूजा सफलतापूर्वक सम्पन्न गरिएको छ । गुरु रिन्पोछे निर्माण तथा संरक्षण समितिका प्रमुख सल्लाहकार, धर्मप्रेमी युवा व्यवसायी तथा समाजसेवी कर्म लामा र गुरु रिन्पोछे संरक्षण समितिको समन्वयमा यहि वर्षको सागा दावा को पावन अवसर पारेर बुद्ध वचन १०८ ठेली कांग्युर ग्रन्थ पाठ तथा प्रज्ञापारमिता विश्व शान्ति पूजा आयोजना गरिएको हो । श्रद्धेय धर्मगुरुहरुको सानिध्यमा २०८२ साल जेठ २८ गतेबाट सुरु भई ९ दिनसम्म ३१ जना लामा गुरुहरूले त्रिपिटक पाठ वाचन गरेका थिए। अन्तिम दिन क्ष्योइखोर (लामा पुस्तक परिक्रमा) सहित गाउँ परिक्रमा गरिँदै महापूजाको समापन गरिएको हो । समापन समारोहमा गाउँका धर्म प्रेमी, स्थानीयवासी तथा सैयौं श्रद्धालुहरूको बाक्लो उ...

बजेट कार्यान्वयनमा समस्या: सरकार असक्षम कि योजना विहीन ?

जिबनशैली, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
चालु आर्थिक वर्ष २०८०/०८१ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एकपटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि विकास खर्चको गति आशानुकूल देखिएको छैन । यस आर्थिक वर्षमा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदका दुई ठूला दल मिलेर गठन गरिएको सरकारको अपेक्षित प्रभाव बजेट कार्यान्वयनमा नदेखिनु सरकारप्रतिको जनआस्थामा गम्भीर प्रश्न खडा गरिरहेको छ । यो अवस्था केवल संयोग वा समयको अभावले भएको होइन बरु संरचनागत समस्या कार्यान्वयन तहको लाचारी तथा नीतिगत अलमलको प्रतिबिम्ब हो ।विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेटमध्ये जेठ मसान्तसम्म जम्मा १ खर्ब ४३ अर्ब ३९ करोड ...

लप्सी पकेट क्षेत्रमा प्रशोधन प्रविधि हस्तान्तरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
 विदुर आचार्य, चौतारा, असार ५ गते । सुनकोशी गाउँपालिकाले स्थानीय लघु उद्यमीहरुलाई लक्षित गर्दै लप्सी र साबुन प्रशोधनमा प्रयोग हुने प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले वडा नं. १ र ५ मा सामूहिक रूपमा लप्सी तथा साबुन व्यवसायमा संलग्न उद्यमी समूहहरुलाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले प्रविधि हस्तान्तरण गर्नुहुँदै भन्नुभयो, ‘प्रविधि हस्तारन्तरणले लघु उद्यमीहरुको उत्पादन क्षमता वृद्धि र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको छ ।’ कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । यसअघि मानव स्रोतको भरमा सीमित मात्रामा लप्सी प्रशोधन हुँदै आएकोमा अब प्रविधिको सहयोगले उत्पादन वृद्धि र गुणस्तरीयता सुनिश्चित हुने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिका उद्यम ...