पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न
नमुना युथ एकि्टभ ग्रुुपकाे आयोजनामा हिजो दिपावली साँझ तथा सास्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेशका उर्जा जलस्रोत सिंचाइ मन्त्री कृष्ण कुमार तामाङ ,पुर्व मन्त्री युवराज दुलाल,निमा लामा, मेलम्ची नगरपालिकाकाे प्रमुख आइतमान तामाङ ,उप प्रमुख उमा प्रधान,वडा अध्यक्षहरूकाे उपस्थिति रहेको थियोे । कार्यक्रमकाे स्वागत मन्तव्य राख्दै मेलम्ची नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पासङ तामाङले सम्पूर्ण नेपालीलाई दिपावली तथा छर्ठ पर्वको शुभकामना व्यक्त गर्दै मेलम्ची , हेलम्बु र पाँचपोखरीको स्थानीय फटेमा पक्कि पुल नहुँदा समस्यामा रहेको बताउनुभयो ।
२०७८ साल असार १ गतेकाे बाढी का कारण पुल बगाएपछि पुल नबन्दा समस्या भएको बताउनुभयो । कार्यक्रममा प्रकाश तितुङ, आसमान लाेप्चन ,ओम वाईवा ,नेपाल आइडल विजेता गंगा सा...
