सम्पर्क

समाचार

शुभकामना सहकारीले गर्‍यो तीज विशेष कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
 महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मेलम्ची–११ ले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । मेलम्ची कम्युनिटी अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सहकारीका विभिन्न समूह तथा सदस्यहरूले प्रतियोगात्मक नृत्य, गीत तथा सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जनसँगै सन्देशमूलक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा चेलीहरूको बेदना, महिला हिंसा न्यूनीकरण र सहकारीका सन्देशलाई प्रस्तुति मार्फत उजागर गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, निवर्तमान उपप्रमुख भगवती नेपाल, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका पूर्व उपाध्यक्ष रामकृष्ण चालिसेसहितका अतिथिहरूले तीज पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वलाई विकृति–विसंगति मुक्त बनाएर संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सहकारीलाई निरन्तर सदस्यहर...

बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न आवश्यक छः मन्त्री यादव

समाचार
नगरकोट (भक्तपुर) खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । आज नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्याहरू अझै पनि गम्भीर रहेकाले समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । “खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू रहेका छन् । त्यसैले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “खानेपानीका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभा...

बढ्दै डेंगु सङ्क्रमण

ब्रेकिङ न्युज १, समाचार
बढ्दै डेड्गु सङ्क्रमणपछिल्लो समय डेड्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २११ जनामा डेड्गु पुष्टि भएको छ । महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेड्गु सङ्क्रमित हुनेको सङ्ख्या तीनहजार २४७ पुगेको छ । सोही अवसरमा सङ्क्रमितमध्ये दुई जना को मृत्यु भएको दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेड्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेड्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ । गण्डकी प्रदेशमा ९१४ जनामा डेड्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६७५, कोशीमा ५६८, लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेशमा ६२ जनामा डेड्गु पुष्टि भएको छ ।...

२ दिने शिक्षक तालिम मेलम्चीमा सुरु

ब्रेकिङ न्युज २, समाचार
एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सिप विकाससम्बन्धी शिक्षकका लागि दुई दिने क्षमता विकास तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपालको सहयोग र साझेदारी नेपालले तालिम आयोजना गरेको हो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले सिकेका कुरा व्यवहारमा उतार्न शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकको क्षमताविकासका लागि नगरपालिका निरन्तर तालिम आयोजना गरिरहेको उल्लेख गर्दै “गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षक पेशाप्रति इमानदार हुनु जरुरी छ, इमान्दार भएर मात्र राम्रो नतिजा आउँछ” भन्दै पेशाप्रति समर्पित हुन आग्रह गर्नुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी सहायक निरीक्षक कुमार चौलागाईंले सहभागी शिक्षकलाई साइबर क्राइम सम्बन्धी जानकारी दिनुभयो । मेलम्चीका ६० जना शिक्षक तालिममा सहभागी रहेका कार्यक्रम अधिकृत पुष्पा भण्डारील...

महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
नवलपुर । नेपाल महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य सीता मिजारको प्रमुख आतिथ्यता तथा महिला सङ्घका गाउँपालिका सभापति तारा माझीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । प्रमुख अतिथि मिजारले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीज पर्व शिव र पार्वती भगवानसँग जोडिएको पर्व भएको बताउनुभयो । साथै शिव र पार्वती जस्तो बन्ने नभई असल भन्ने सोचेर अघि बढ्न सबै महिला दिदीबहिनीहरूमा आग्रह गर्नुभयो । साथै उहाँले महिलाहरूले जन्मिने बित्तिकै देखि पुरुष सरह नै अधिकार लिएर जन्मिएको हुने बताउँदै आफ्नो कर्तव्य पूरा गर्न पनि पछि पर्न नहुने धारणा राख्नुभयो । महिलाको अधिकार संविधान तह सुनिश्चित भएको बताउँदै कसैले कटौती गर्न नसक्ने बताउनुभयो ।  महिलाले पनि अवसर पाए हरेक क्षेत्रमा गरेर देखाएको बताउँदै महिलाले नेतृत्व गरेका स्थानीय तह...

चनौटेमा तीजको शुभकामना आदान प्रदान

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक भदौ ५ । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तीज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहोल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी र गरगहनामा सजिएर तीज मनाउँदै गरेको देखिएको छ । बिहीबार कम्युनिष्ट पार्टी (एमाले) हेलम्बु गाउँपालिका कमिटीले चनौटेमा तीजको शुभकामना आदान प्रदान गरेको छ । पालिका कमिटीका महिला दिदीबहिनीहरूलाई समावेश गराउदै तीजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रम गरेको हो । पालिका कमिटीकी सदस्य तथा महिला विभाग प्रमुख शान्ति लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव भक्त कुमारी लामा प्रमुख अतिथि रहनुभएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले हामी नेपाली हिन्दु नारीहरुले भोग्दै...

“रमाइलो तिज तथा सचेतना” कार्यक्रमको तयारी पुरा, अतिथि कलाकार टीका र रेजिना कतारमा

बिदेश, ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर तथा चाडबाडहरूमा कतारमा रहेका नेपाली दिदीबहिनीहरू लाई अभिभावकत्व प्रदान गर्दै आइरहेको नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” तयारी अन्तिम चरणमा पुगेको समाजले जानकारी दिएको छ । नेपाली महिला समाजले हरेक वर्ष आयोजना गर्दै आइरहेको रमाइलो तिज यस वर्ष पनि धुमघामका साथ कतारमा मनाउने तयारी भइरहेको कार्यक्रममा आफ्नो सागिंतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायिका टीका पुन र रेजिना परियार बुधवार राती कतार आइपुगेका छन् । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरूलाई भव्य स्वागत गर्नको लागी समाजकी अध्यक्ष माया केसी,कार्यक्रम संयोजक सन्ध्या अर्याल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठ, पत्रकार तिलु शर्मा पौडेल, सुजन धिताल लगायत...

टिफर पार्किङको लागि सहजिलो भएको छ,साधी खोल्चा पुल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे बजार र खोर्सानी वारि जोडने पक्की पुल “टिफर पार्किङ बनेको छ । २०७५ साउन ३० गते साधी खोल्चामा आएको बाढीको कारण क्षेती भइ निर्माणधित पक्की पुलमा हिजो आज माल बाहक गाडी र टिफर पार्किङको लागि सजिलो भएको छ। २०७५ साउन ३० गते पुर्ण रुपमा साधी खोल्चाले बगाएको पक्की पुल पुन निर्माणका लागि विभिन्न नेताहरुले बचन बद्धता गरे पनि बल्ल तल्ल पुल बगाएको ३÷४ बर्ष पछि पुन निर्माणको प्रयास गरिएको थियो ।पुन निर्माण गर्दै गर्दा पटक पटक प्राबिधिक त्रुटिका कारण निर्माण स्थागित हुँदै अगाडि बढेको निर्माण कार्य केही बर्ष देखि पुर्ण रुपमा निर्माण नहुदै रोकिएको छ । क्षेती भएको पुल अरनिको राजमार्ग अन्तर्गत ११४ कि . मि सडक बाह्रबिसे देखि तातोपानी नेपालको सिमा सम्म आवत जावत गर्नका लागि अति आवश्यक पुल हो । बर्षादको समयमा बाह्रबिसेको माथीलो पुल भाग ओखरिनि देखि पानी ...

इकु पहिरोमा सडकको ट्याक खुल्दा आशीक रुपमा यातायात सन्चालन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको कोदारी स्थित इकु पहिरोमा आज बेलुकाबाट सामन्य रुपमा यातायातका साधनहरु सन्चालनमा आएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुदाराज बस्नेतले दिनु भएको जानकारी अनुसार आज साँझ देखी केही सवारी साधन स१ञ्चालनमा आएको भएता पनी रात परेका कारण माल बाहक टेलर हरुलाइ सञ्चालन गर्न नदीएको र भोलिबाट थप मर्मत गरि सडक संचालन हुने र चिनियाँ भुभागमा रोकिएको करिब ६०० वटा माल बाहक कन्टेनर टेलर नेपाली भन्सार सम्म ल्याउन सकिने भएको छ । बिगत १८÷१९ दिन देखि इकु पहिरोको कारण बन्द रहेको सडक खुलाउन हिजो देखि ट्याक खुले पनि आज साझ बाट सन्चालनमा आएको होसडक बन्द भए देखि नै अध्यक्ष बस्नेत लागि पर्नु भएको थियो। भने हिजो ट्याक खुलाउन सफल भएको थियो। सडक खुलाउन सडक डिभिजनले कार्यलय चरिकोट लगाएत सरोकारवाला निकायको सहयोग समन्वय रहेको थियो । इकु पहिरोले चिनिया सामान तातो पानी भन्सार सम्मा ल्याउन न...

दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो एमाले सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
विदुर आचार्य, चौतारा, भदौ ४ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाटी नेतृत्वको सशक्तता र गतिशीलता अरु दलहरुभन्दा अब्बल रहेको दाबी गर्नुभएको छ । एमाले सिन्धुपाल्चोकको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले पाटीको नेतृत्व विगतदेखि वर्तमानसम्म चलायमान, सबल र परिणाममुखी रहँदै आएको स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले बहुदलीय व्यवस्था स्थापनापछि कांग्रेस र माओवादी केन्द्रमा नेतृत्वको सीमितता रहेको उल्लेख गर्दै एमालेमा पाँच जना नेताले पार्टीको नेतृत्व गरिसकेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमालेलाई नेतृत्वको गतिशीलताको पाठ अरु कसैले सिकाउन आवश्यक छैन । हामीकहाँ नेतृत्वको निरन्तरता र नवप्रवेश दुवै छ ।’ दसौं महाधिवेशनले ७० वर्षे उमेरहदलाई हटाएर नयाँ नेतृत्वयोग्य नेतालाई अग्रसर गराउने वातावरण तयार गरेको उल्लेख गर्दै पाटीको भविष्य अझ सशक्त ह...