सम्पर्क

समाचार

सुरक्षित वैदेशिक रोजगारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
सुरक्षित वैदेशिक रोजगारी सम्वन्धी चौतारामा सञ्चारकर्मीसँग सामी परियोजनाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको आर्थिक सहयोगमा सामी परियोजना अन्र्तगत चौतारा नगरपालिकामा सुरक्षीत वैदेशिक रोजगारी सम्वन्धमा भइरहेको गतिविधिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो । सो क्रममा हेल्भेटास नेपालका भोजराज सुनुवारले वैदेशिक रोजगारीको वर्तमान अवस्था र चुनौती बारे जानकारी दिनुभएको थियो । सामी परियोजना सिन्धुपाल्चोकका कार्यक्रम सँयोजक अरुण पौडेलले सिन्धुपाल्चोकमा भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा डिप्रोक्स नेपालका सागर बिक्रम बस्नेत , नेपाल पत्रकार महासँघका अध्यक्ष जिवन श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । सामी परियोजनाले सिन्धुपाल्चोकका चौतारासाँगाचोकगढी , नगरपालिका , बाह«विसे नगरपालिका, पाँचपोखरी गाउँपालिका र हेलम्बु गाउँपालिकामा कार्य...

हेलम्बुको हिउँमा फसेका (एडीबी) टोलीको हेलिकोप्टरमार्फत उद्धार

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची खानेपानी आयोजनामा गएको पहिरोबारे अध्ययन गर्न गएको एसियाली विकास बैँक (एडीबी)को टोलीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । १० गते देखि एडीबीको विशेषज्ञसहित १५ जनाको टोलीले हेलम्बुमा पुगेर पहिरोलो पुर्याएको क्षतीका बारेमा अध्ध्यन गरिरहेका बेला अचानक हिउँपरेपछि उनीहरु हेलम्बुमा फसेका थिए । हिजो देखि हेलम्बुमा भारी मात्रामा हिउँ परेपछि एडीबीको १० जना प्रतिनिधि र ५ जना स्थानीय पथप्रदर्शक फसिरहेका थिए । उनीहरुको आज बिहान हेलिकोप्टरमार्फत् उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो । एक जना पथप्रदर्शक अनुसार उक्त हेलम्बु क्षेत्रमा ६–७ फिट हिउँ जमेको छ ।हिजो(बुधबार)राति देखि बाक्लो हिउँ परेपछि उनीहरू बस्दै आएको टेन्टसमेत हिमपहिरोले बगाएपछि उनीहरुको बिचल्ली भएको थियो । उनीहरु ट...

पहिरो अध्ययनमा गएको एडीबी टोली हिउँमा फस्यो

ब्रेकिङ न्युज १, समाचार
ऋषिराम पौड्याल काठमाडौँ — हेलम्बु क्षेत्रको हिमाली भेगको पहिरो अध्ययनका लागि मेलम्ची खोलाको उद्गमस्थल करिब ३६ सय मिटर उचाइमा बस्दै आएको एसियाली विकास बैंक (एडीबी)को विशेषज्ञहरूसहितको १६ जनाको टोली हिउँमा फसेको छ । हिउँ बाक्लिँदै गएर उनीहरू बस्दै आएको टेन्ट हिमपहिरोले बगाएको छ । हिउँबाट ज्यान जोगाउन उहाँहरू ओडारमा बसिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । खराब मौसमका कारण उनीहरूको उद्धारका लागि हेलिकोप्टर जान सकेको छैन । टोलीका पथप्रदर्शक सोनाम लामाले बुधबार ३ बजेर ४ मिनेट जाँदा कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिनलाई फोन गरेर आफू हिउँपहिरोबाट जोगिन पानीले भिजेर खुला चौरमा बसिरहेको जानकारी दिनुभएको छ । टेन्ट बगाएको, लगातार पानी र हिउँ परिरहेकाले आफूहरू उद्धारको प्रतीक्षामा रहेको उहाँले फोनमा बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा ६–७ फिट हिउँ परेको छ । अप्ठेरोमा...

हिउँ खेल्न जाने हैन त हेलम्बु ग्रेट ट्रेल !

ब्रेकिङ न्युज २, समाचार
हेलम्बु÷ सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा बाक्लो हिमपात भएको छ । मंगलबार राति भारी बर्षासङ्गै हिमपात भएको हुदा हेलम्बुका मथिल्लो भेगहरुमा अझै हिमपात भैइरहेको स्थानियहरु बताउँछन् । खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन् । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् । शेर्माथाङ्ग, थालो, आमायाग्री, तार्केघ्याङ्ग, मेलम्चिघ्याङ्ग, सुर्सिङ्ग लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ । बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेका छन् । बन्दै गरेको हेलम्बु ग्रेट ट्रेल हिउका कारण आकर्षक देखिएको छ जसको कारण नजिकका भेग बाट आन्तरिक पर्यटकहरु फाट्ट फुट्ट देखिन थालेका छन् । पर्यटकहरुलाई हिउँले आकर्षक गरेपनी हिउँका कारण अत्यधिक चिसो बढेको छ । चिसोका कारण नागरिकलाई हिँडडुल गर्न...

वर्षा र हिमपातको सम्भावना, ‘चिसोबाट जोगिऔँ’

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौ अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । देशको पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लाग...

काँग्रेस नेता तामाङको श्रद्धाञ्जली सभा

ब्रेकिङ न्युज १, समाचार
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का पुर्ब सभापति स्व. चक्र बहादुर तामाङको निधनमा दुःख ब्यक्त गर्दै नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसले तत्काल राहतका लागि रु. २५ हजार रुपैया समेत मृतकको परिबारलाई प्रदान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी सभापती बिकास लामाले नेपाली काँग्रेसका स्थानिय नेता समेत रहनु भएका तामाङ गाउँ बिकासका लागी अति चिन्तित रहने र पार्टीका लागि हरेक समयमा उपस्थित भई पार्टीको काममा लाग्नु भएको ब्यक्ती गुमाउन परेकोम चिन्ता ब्यक्त गर्दै श्रदाञ्जलि दिनुभयो । उहाँले स्वर्ग भनेको प्रशँसा हुनु भएको बताउँदै स्व. चक्र बहादुरले राम्रा काम गरेको र उहाँ स्वर्गमा रहनु भएको कुरा बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि नेपाली काँग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले २०३७÷३८ साल तिर डडुवामा आउँदा देखिको साथि गुमाउन परे...

कांग्रेस नेता खड्काद्धारा विद्यालयलाई सहयोग

ब्रेकिङ न्युज २, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता देवेन्द्र खड्काले चौताराको एक विद्यालयमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको छ । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर एक प्रदेश सभा ‘ख’का सभापति देवेन्द्र खड्काले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३ खालेस्थित समाज बिकास आधारभुत विद्यालयमा कम्प्युटर तथा पिन्टर हस्तान्तरण गर्नुभएको हो । खड्काले विद्यालयलाई २ सेट कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । आफ्नो व्यक्तिगत खर्चमा उहाँले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको बताउनुभएको छ ।...

ज्यामिरे साना किसानको साधारणसभा जग्गादाना सम्मान र व्यवस्थापन हस्तान्तरण

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
पाण्डब अधिकारी ज्यामिरे मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो बार्षिक साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सहकारीको मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गर्नुभयो। सहकारीको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाई आम्दानी बृद्दि गराउने नगरपालिकाको रणनीति रहेको बताउँदै प्रमुख अतिथि अर्यालले उत्पादन, प्रशोधन , बितरण, प्रबर्द्दनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो। ’कृषिमा अत्याधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन सकेको छैन।’– नगर प्रमुख अर्यालले भन्नुभयो – ’नगण्य संख्यामा केही ...

नगर प्रमुखद्धारा वडा कार्यालय भवनको शिलान्यास

ब्रेकिङ न्युज १, समाचार
चौतारा सांगाचोकगढी नगरपालिका ५ नं वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । शनिवार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले भवनको सिलान्यास गर्नुभएको हो । वडा अध्यक्ष नरमान श्रेष्ठका अनुसार ६ महिना भित्र १ करोड ९६ लाख लागतमा निमार्ण सम्पन्न गर्ने गरी निमार्ण कम्पनीले काम सुरु गरेको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा दिने विषयलाई प्राथमिकता दिँदै १४ वटै वडामा व्यवस्थित भवनमा स्थापित कार्य जारी रहेको मेयर अमानसिं तामाङले बताउनुभयो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।...

कन्सोर्टियम नेपालको नेतृत्वमा मोहन दंगाल

ब्रेकिङ न्युज २, समाचार
दिपेन्द्र श्रेष्ठ बालसहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपालको २२ औ साधारणसभा तथा नवौं अधिवेशनले चाइल्ड नेपालका कार्यक्रम निर्देशक मोहन दंगालको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिती चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा सन्तोष महर्जन, महासचिबमा प्रदिपकुमार लामिछाने, सचिवमा अनिता पाण्डे, कोषाध्यक्षमा सरोज आचार्य, सदस्यहरुमा प्रकास बसी, स्वस्तिका शर्मा, निरिजना भट्ट, विश्वास लामिछाने, बद्री सुवेदी, संजय कुसवाह, गंगा गुरुङ्ग, र पशुपति चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।  ...