सम्पर्क

समाचार

प्रहरीद्धारा फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ७ वर्षदेखी फरार रहेका अपराधीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७१ कात्तिक २ गतेको फैसलाले एक वर्ष छ महिना कैद र एक लाख पचास हजार जरिवाना सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गा.वि.स.वडा नं.९ र हाल चौतारा साँगाचोकगढी न.पा.४ बस्ने वर्ष ५३ को वासु भन्ने प्रेम प्रसाद सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । फरार रहेको ७ वर्ष पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चौतारा साँगाचोकगढी न.पा.वडा नं.५ स्थित नवलपुर चोकबाट नियन्त्रणमा लिई सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले निज वासु भन्ने प्रेम प्रसाद सुवेदीलाई लागेको कैद जरिवाना असुल उपरका लागि आजै कारागार चलान गरेको पनि प्रनाउ वस्नेतले जानकारी दिनुभयो ।...

चौतारामा मनाईयो ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय एकताका प्रतीक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस चौतारामा मनाईएको छ । नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहले वाईसे चौविसे राज्यलाई एकजुट गरेर नेपालको सिमाना पुर्वमा टिष्टा काकडा हुँदै पश्चिम किल्ला काकडा सम्म पुगाएकाले नेपाल राष्ट्रका निर्माता शाहको सम्झनामा राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले पृथ्वी जन्म जयन्ती मनाएको हो । कार्यक्रममा सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपाका केन्द्रीय सदस्य रामहरी थापाले बाइसे,चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेको बताउँदै उहाँलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा विशेष अतिथी यस्मिन ढुँगानाले ईतिहासलाई अपमानित गर्ने होइन ईतिहाँसलाई गौरव ग...

पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा.२ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिँदा बिपिनको मृत्यु भएको थियो । घटनापछी चालक टिपर सहित फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...

सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक, माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य

ब्रेकिङ न्युज १, समाचार
सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सँक्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो । अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्न÷नगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् । सँक्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासनले जहिले र जसरी रोक लगायो त्यसैअनुसार नियम लागू हुनेछ । उहाँले भन्नुभयो, ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला क...

कालिञ्चोक मन्दिर पुगेका तीर्थालुमाथि हातपात

ब्रेकिङ न्युज १, समाचार
दोलखाको धार्मिक पर्यटकीय गन्तब्य कालिञ्चोक मन्दिर पुगेका तीर्थालुमाथि हातपात भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थली हुँदै कालिञ्चोक पुगेका करिब ३० तीर्थालुमाथि स्थानीयले हातपात गरेका हुन् । आइतबार राती कालिञ्चोकको कुरी बजारबाट तीर्थालु लखेटिएको पीडितहरूले बताएका छन् । सिन्धुपाल्चोकको घोर्थली गाउँ हुँदै कालिञ्चोक जोड्ने सडक निर्माण गरिएको थियो । प्रदेश सरकारको सहयोगमा निर्माण भएको ३० किलोमिटर लामो सडक कालिञ्चोकसँग जोडिएको खुशीमा सिन्धुपाल्चोकबाट तीर्थालुहरु सोही बाटो हुँदै कुरी बजार पुगेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका–३ का अध्यक्ष एवं गाउँपालिका भौतिक पूर्वाधार अनुमगन समितिको संयोजक शुकदेव रिसालका अनुसार घोर्थलीबाट कुरी बजारछेउसम्म सडक जोड्ने काम भईंरहँदा करिब एक महिनादेखि केही युवाले हातपात गर्दै काममा बाधासमेत पु¥याएका थिए । कुरीका स्थानीयले सिन्धुपाल्चोकबाट सड...

प्रहरीद्धारा चोरीमा सँलग्न चार जना सार्वजनिक

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल पत्रकार महासँघ शिल्ला शाखाको अध्यक्ष जिवनप्रसाद श्रेष्ठको घरमा चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ । पुस १२ गते करिब २.३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा ढोका तथा दराजको ताला फुटाई दराजभित्र राखेका सुनचाँदीका गरगहनाहरु तथा नगद रु . एक लाख एक हजार चोरी भएको भनी श्रेष्ठले प्रहरीमा उजुरी दिनुभएको थियो । सोही उजुरीको आधारमा प्रहरीले घटनामा संलग्न ४ जना मध्य सुनकोसी गाउँपालिका – ६ बस्ने २० बर्षिय कन्चन पराजुलीलाई सोही दिन पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । पिडित श्रेक्ष्ठको घरमै कोठाभाडा लिएर बस्ने अभियुक्त पराजुलीले पीडितको घरपरिवार तथा घरको कोठाबारे जानकारी दिएको प्रहरीले बताएको छ । बाँकी ३ जना मध्ये २ जना नौबिसे र १ जना काठमाडौबाट पौष २३ गते दशी प्रमाण सहित पक्राउ गरिएको जि...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

ब्रेकिङ न्युज १, समाचार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने जनाएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । एक सूचना जारी गरी बन्दको मोडालिटीबारे जानकारी दिइने उहाँको भनाइ छ । ‘सिसिएमसीसीको निर्णय भएपछि हामीले अरु थप निर्णय गरिरहनुपर्दैन, उक्त निर्णय कार्यान्वयनका लागि पठाउने हो, त्यही निर्णय भएको छ’, प्रवक्ता शर्माले भन्नुभयो । आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।...

धामी झाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या, तीन जना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
धामी झाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या भएको छ । सिन्धुपाल्चोक राधिका श्रेष्ठकी छोरी १४ वर्षीया छोरी रोशनीको त्रिशुलले रोपेर हत्या गरिएको हो । काठमाडौको रानीवनस्थित उमा शाही ठकुरीले उपचारलागि भन्दै आश्रममा राखेर हत्या गर्नुभएको आरोप छ । पीडितकी आमा राधिकाले उपचारका लागि छोरी रोशनीलाई रानीवन आश्रममा लानुभएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ । रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक आश्रममा बेहोस अवस्थाबाट अस्पताल लानुभएको थियो । स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लिगिएको थियो । अस्पताल प्रशासनले चिकित्सकीय जाँचमा उहाँको चार घन्टाअघि मृत्यु भएको जनाएपछि प्रहरीमा सो घट्नाबारे उजुरी दिइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौले शाहीलाई पक्राउ गरिसकेको छ । स्वयम्भ...

आधारभूत पत्रकारिता तालिम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सनराइज सिन्धु मिडियाको आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्चीमा भएकोे भित्तेपत्रिका तयारी तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्ता कार्यक्रमले आर्थिकका साथै समय पनि खर्च हुने भएकाले उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख अर्यालले सिर्जनशील कार्यमा लाग्ने विद्यालयलाई नगरले सहयोग उपलब्ध गराउने पनि बताउनुभयो । तालिमका प्रशिक्षक एवं रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले भित्तेपत्रिका विद्यालयमा मात्र होइन गाउँमा धेरै मानिस भेला हुने ठाउँमा पनि टाँस्न सकिने साथै गाउँघरका विविध विषयमा समाचार लेख्न सकिने बताउनुभयो । तालिमले विद्यालयको गतिविधि, विद्यार्थीको प्रतिभा समेटी विद्यालयमा भित्तेपत्रिका प्रकाशनमा सहज हुने भन्दै सिकेका कुरा विद्यालयमा लागू गर्न सनराइज सि...

सेतिदेवी माविले मनायो ६९ औं वार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ मा रहेको सेतिदेवी माध्यामिक विलदयले आफ्नो ६९ औं बार्षिकोत्सव तथा २२ औं भूतपूर्व विद्यार्थी पूर्नमिलन कार्यक्रम आईतबार भब्य रुपमा मनाएको छ । वार्षिकोत्सवको उद्धघाटन प्रमुख अतिथी तथा चौतारा नगर प्रमुख अमान सीं तामाङले पानसमा बत्ती बालेर गर्नुभएको थियो । उद्धघाटन समारोहमा बोल्दै प्रमुख अतिथी तामाङले गुणस्तरीय शिक्षाको बारेमा छलफल र बहस गर्न आबश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । तामाङले शिक्षमा गरिने लगानी पहिले तितो हुने भएपनी अन्तमा भने मिठो हुने बताउँदै शिक्षसँगै अब आत्मनिर्भर बनाउने खालको शिक्षा प्रदान गर्न आबश्यक रहेको समेत बताउनुभयो । तामाङले चौतारा आँखा केन्द्रको समन्वयमा प्रत्येक विद्यालयका विद्यार्थीको आँखा परिक्षण गरी कमजोर भएर चस्मा लगाउन पर्नेलाई निशुल्क वितरण गरिने समेत बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा ...