सम्पर्क

निर्वाचन कार्यालय सिन्धुपाल्चोकद्वारा मतदाता दाबी विरोधका लागि समय अवधि सार्वजनिक

विपना तामाङ ( गोले)

निर्वाचन कार्यालय सिन्धुपाल्चोकले मतदाता नामावली अद्यावधिक (दाबी विरोध) का लागि समय अवधि सार्वजनिक गरेको छ । निर्वाचन कार्यालय सिन्धुपाल्चोकले आज मतदाता नामावली अद्यावधिक (दाबी विरोध) सम्बन्धी अन्तर्क्रिया कार्यक्रममार्फत जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी वेधनिधी खनालको अध्यक्षतामा, जिल्लाका राजनितिक दलका प्रतिनिधिहरुको विशिष्ट आतिथ्यतामा, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी, गैर सरकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष गोविन्दप्रसाद सापकोटा, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सञ्चारकर्मीको  उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम फागुण १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो । उक्त कार्यक्रम नामावली प्रकाशन जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहको वडा कार्यालयमा र निवेदन उजुरी उपर कारबाही जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ । नामावली हेर्ने, त्रुटी सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका व्यक्तिको नाम हटाउने र दाबी विरोध गर्न पाइनेछ । नयाँ नाम थप्न र सार्न नपाइने निर्वाचन कार्यालयले जानकारी गराएको छ ।
निवेदनको ढाँचा निर्वाचन आयोगको वेवसाइट, जिल्ला निर्वाचन कार्यालयको फेसबुक, जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोक, पालिकाको केन्द्र, वडा कार्यालयमा पनि पाइने छ ।