सम्पर्क

समाचार

अध्यक्ष उमेद्वार दीपकको नेतृत्वमा सयौँ नेता कार्यकर्ता जसपा प्रवेश 

ब्रेकिङ न्युज २, राजनिती, समाचार
शुक्रबार सप्तरीको महादेवा गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द) का राजनारायण साह लगायतका नेता कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले खादा तथा माला लगाएर पार्टी प्रवेश गराउँनु भएको छ । नेपाली काङ्ग्रेसका स्थानीय तहका प्रभावशाली नेता दीपक यादव (टुटु बाबु) को नेतृत्वमा ७०० नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेको जनता समाजबादी पाटीले जनाएको छ । यादव स्थानीय तहको निर्वाचनमा महादेवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बन्नु भएको थियो । पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पार्टीका प्रवक्ता मनिस सुमन, पार्टीका राजनीतिक समिति सदस्य तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र यादव लगायतका नेताहरुको उपस्थिति थियो । निर्वाचन नजिकिए सँगै पार्टी प्रवेशले तिब्रता पाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस...

भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चोक जिल्लामा बन्न लागेको भोटेचौर तपचुली पर्यटकिय विकास योजनाको सिल्यान्यास भएको छ । मेलम्ची नगरपालीकाका प्रमुख आइतमान तामाङ र काठमाण्डौ महानगर पालिकाका उपप्रमुख सुनिता डगोंलले सयुक्त रुपमा आयोजनाको सिल्यान्यास गर्नु भएको हो । काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिका बीचको भगिनी सम्वन्ध आधार आर्थिक सामाजिक विकासको लागि पर्यटन पुर्वाधार भन्ने मुल आधारलाई मानेर मेलम्ची नगरपालिका र काठमाण्डौ महानगरपालिकाको संयुक्त रुपमा आयोजनको सिल्यान्यास गरिएको हो । काठमाण्डौ महानगरपालीकाका र मेलम्ची नगरपालिकाको साझेदारीमा २ करोड ४ लाख ५६ हजार ५ सय तिन रुपयांको लागत मा भोटेचौर तपचुली पर्यटकिय विकासको लागि निर्माणको शुक्रबार शिलान्यास भएको हो ।कार्यक्रममा मेलम्ची नगरपालिका उप प्रमुख उमा प्रधान विभिन्न राजनितिक दलका प्रतिनिधि समाजसेवी नगरका पूर्व प्रमुख , उपप्रमुख वडा अध्यक्षहरुको उपस्थिती रहेको थि...

कक्षा १२ को नतिजा सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ । जसका लागि लेन्डलाइन र मोबाइलबाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट ल्भ्द्य टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।...

पहिरोले अवरुद्ध सडक संचालनमा

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची पाँचपोखरी अन्तर्गत अवरुद्ध भएको सडक संचालन ल्याएको छ । अविरल वर्षाका कारण विगत २ हप्तादेखी पहिरोका कारण अवरुद्ध सडक शुक्रबार बिहानबाट पुर्ण रुपमा संचालनमा आएको छ । पहिरो पन्छाउने काम सम्पन्न भएको र सडकमा सवारी चल्न थालेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । सडक बन्द हुँदा चाडपर्व मनाउन आउँजाउ गर्ने लगायतलाइ समस्या भएको थियो । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्न सडक गत असार १ र साउन १६ मा आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यातायात सञ्चालन र पैदल हिँड्न समेत समस्या भएसँगै मेलम्ची नगरपालिकाले उक्त सडक खण्डलाई सुधार गरि सञ्चालनमा ल्याएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।...

नवलपुरमा सरसफाइ कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईन्द्रावती गा.पा.४ स्थित नवलपुर बजार परिसरमा सरसफाई कार्यक्रम गरिएका्े छ । शुक्रबार समुदाय र ईलाका प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो । सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शिव बुढाथोकिको कमाण्डमा प्रहरी टोलि सहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी, बुद्धिजीवी एवम् समाजसेवीहरुको सहभागिता रहेको थियो ।...

आज देशभर आंशिकदेखि सामान्य बदली रहने

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

नेता गिरी काँग्रेसको त्यागी ब्यक्ती ः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी त्यागी ब्यक्ती भएको पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्व. गिरीको बिचारलाइ अगाल्न सके मात्र वास्तवीक श्रदान्जली हुने बताउँनु भयो । गिरीको स्वर्गारोहण भएको १३औँ दिन बिहीबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजित शोकसभामा बोल्दै बस्नेतले प्रजातान्त्रीक पाटीमा सबैले बिचार राख्न पाइन्छ तर पार्टीको निती र निर्देशन पालना गर्न भने सबै एक भएर अगाडी बढ्न पर्छ भन्नु भयो । नेपाली कांग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने कार्यक्रम अन्तर गत चौतारामा पनी शोक सभा कार्यक्रम गरिएको हो । समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, कांग्रेसका निष्ठावान त्यागी नेता, पूर्व केन्द्रीय सदस्य गिरीको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षका उमेरमा यही भ...

सिन्धु काँग्रेसक्षेत्र नं१मा बस्नेत सर्बसम्मत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं१को प्रतिनिधी सभा सदस्य मा पुर्ब मन्त्री मोहन बहादुरबस्नेत सर्ब सम्मत सिफारिस हुनु भएको छ । नेपाली काँग्रेस १ क्षेत्रका क्षेत्रीय सभापती बालकृष्ण बस्नेतको सभापतीत्वमा बसेको भेलाले उक्त निर्णय गरेको हो । क्षेत्र नम्बर १समानुपातिकतर्फ सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । निर्वाचन क्षेत्र १ को प्रदेश क मा प्रत्यक्षतर्फ ११ जनो नाम सिफारिसमा परेको छ। यसरी नाम सिफारिसमा पर्नेहरुमा भोला बोहरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहनु भएको छ । समानुपातिकतर्फ भने प्रदेशमा हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिसमा परेको छ। यता निर्वाचन क्षेत्र १ को प्रदेश ख मा प...

पूर्व अरनिको यातायातको अध्यक्षमा क्षेत्री काँग्रेसको पनी उमेद्धार

ब्रेकिङ न्युज २, समाचार
दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाहरुमा यातायात सेवा संचालन गर्दै आएको अरनिको यातायात समितिको अध्यक्षमा केदार क्षेत्री ले निर्वाचन जित्नु भएको छ ।यातायात प्रा.लीको ५० औं वाािर्षक साधारणसभा तथा अधिवेशनमा भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्नु भएको थियो भने उँहाका प्रत्यासी उद्धव गौतमले १२६ र नृपध्वज महतले ११८ मत प्राप्त गर्नु भएको थियो । २०६३ देखी २०६९ साल सम्म दुई कार्यकाल अरनिको यातायात समितिको अध्यक्ष हुनु भएका केदार क्षेत्री पुनः अध्यक्ष निर्वाचित भएपछि यातायात व्यवसायीमा ठूलै तरंग फैलिएको छ । । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष भए पछी काँग्रेसमा प्रबेश गर्नु भएका क्षेत्रीलाइ नेपाली काँग्रेसले प्रदेस सभाकोसदस्यमा समेत सिफारिस गरेको छ ।  ...

महिला उत्थान केन्दको आयोजनामा फ्रिडम किड ब्याग वितरण

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आदवासी जनजाति महिला उत्थान केन्द्र संस्थाको आयोजना,फ्रीडम किड ब्यागसँगको समन्वयमा किड ब्याग वितरण र वालविवाह न्युनिकरण सम्बन्धि १ दिने छलफल तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ६ मा बुधबार कार्यक्रम सञ्चालन गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा न.ं ६ का वडा अध्यक्ष हेम बहादुर तामाङको प्रमुख आतित्यथामा अतिथि वडा सदस्य सन्जिव तामाङ्ग, सुआहारा सहजकर्ता गिता राईमाझी,निर्मला श्रेष्ठ लगाएत प्रगतिशिल किशोर किशोरी समुहका संयोजक तथा किशोरी स्वयमसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वालविवाह यसका असर साथै वालविवाह न्युनिकरण गर्नका लागि समुदाय स्तरमा किशोरी समुहको गठन गरिनुको उद्देश्य र भुमिकाबारे अध्यक्ष पानमाया तामाङ्गबाट जानकारी गराइएको थियो । समुदाय स्तरमा वालविवाह हिंसा न्युनिकरणका लागि युवाको भुमिका महत्व पुर्ण रहने,शैक्षिक गुणस्तर स...