सम्पर्क

समाचार

नेबिसङ्घ ल क्याम्पस इकाइले गर्यो दिप प्रज्वलन

ब्रेकिङ न्युज २, समाचार
पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा नेबिसङ्घ ल क्याम्पस इकाई समितिले दिप प्रज्वलन गरेको छ । सोमबार काठमाडौंको ल क्याम्पसमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् । शोकसभामा इकाईका सभापति मुकेश सेन्चुरिले नेपालमा जहाज दुर्घटना नौलो नभयकाले यसमा सरकार गम्भिर हुनुपर्ने बताउनु भयो । सरकारले बिमान दुर्घटनामा कुनै चासो नदेखाएको समेत बताउनु भयो । दुर्घटनाका सम्बन्धमा र आगामि समयमा नेपालमा जहाज दुर्घटना न्यूनीकरणका लागि नेबिसङ्घ ल क्याम्पस इकाइले उक्त दिप प्रज्जवलन तथा शोकसभामा सरकार समक्ष आधा दर्जन मागहरु समेत राखेको छ । जसमा घटनाको उचित छानबिन गरि दोषीहरुलाई अधिकतम सजाय गरियोस् । नेपालका सबै विमानहरुको नियमित प्राबिधिक परिक्षण गरियोस् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक यथाशिघ्र पारित गरियोस् । .हवाई सुरक्षाकालागि अन्तरास्ट्रिय नागरिक उड्डयन प्राधिकरण(IC...

पत्रकार महासंघ बागमतीको साधरण सभा स्थगित

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिति २०७९ माघ ६ र ७ गतेको लागि दोलखाको जिरीमा तय भएको तेस्रो साधारणसभा अर्को निर्णय नभएसम्मको लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकामहासचिब कृष्ण सारुमगरले बिज्ञेप्ती प्रकाशन गरी यस्तो जानकारी दिनु भएको हो ।जारी प्रेस विज्ञप्तीमानेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति स्तब्ध र मर्माहत भएको छ । मिति २०७९÷१०÷०१ गते बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो । पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उ...

भोटेकोशी गाँउपालिकामा निशुल्क शिबीर

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकाकाले आफ्ना नागरिकका लागी निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । पलिकाले माघ ३ र ४गते मार्मीगं स्वास्थ्य कार्यलय मार्फत निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको भक्त लामाले जानकारी दिनुभयो ।

यती एयरलाइन्सको विमान दुर्घटना ,आज सार्वजनीक बिदा

ब्रेकिङ न्युज १, समाचार
  आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको कारण देस शोकमय भएको छ । यस दुखद घढीमा सरकारलेसोमबार आज बिदा दिने नर्णय गरेको छ ।  

सिन्धु प्रअ समाजमा यादव

ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक जिल्ला सामुदायक बिद्यालयको प्रधानध्यपक हरुको भेलाले सिद्धीगणेश माध्यमिक बिद्यालयका प्रधानध्यापक राज कुमार यादवलाइ अध्यक्षमा निर्वाचित गर्दै आफ्नो सातौ अधिबेशन सम्पन्न गरेको छ । प्रअ समाजको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष मा कुन्जरमणि भट्टराई ,सचिवमा बासु जि सि,सह–सचिव मा टंक पन्त ,कोषाध्यक्ष मा यम बहादुर ज्योती सदस्यहरुमा कृष्णप्रसाद घिमिरे , पूण्यप्रसाद गजुरेल कृष्ण खनाल राधे बन्जारा घनश्याम पौडेल देवी श्रेष्ठ बजिर सिंह भण्डारी कृष्णप्रसाद दंगाल धर्मदत्त सापकोटा चेतनाथ पराजुली मानबहादुर कार्की तिलक खत्री निर्वाचित हुनु भएको छ । शुक्रबार र शनीबार चौतारा बहुमुखी क्याम्पसमा भएको भेलाले काइृ समितीको निर्वाचन सम्पन्न गरेको हो । निर्वाचित भए पछी अध्यक्ष यादवले खाश गरी सामुदायक बिद्यालयहरुमा शिक्षा सिकाइका बारेमा प्रधानध्यापकहरुलाइ परेका समस्याका बारेमा समेत समाजले सहजीकरण गर्दै...

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मलेखु, १ माघ (रासस) : माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् । विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ । सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धनसँ...

बाह्रबिसे नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले आफ्नो १२ औ नगरसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न १२ औं नगरसभाले नगर बिकासका लागी बिभिन्न निर्णय हरु गरेको छ । नगर सभामा उपप्रमुख मन्जु तामाङले आर्थिक बर्ष २०७९।०८० को श्रावण देखि पौष २८ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख बालकृष्ण बस्नेतले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । विशेषगरी कृषि स्वास्थ्य, र शिक्षालाइ पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरिरहेको समेत बताउनुभयो । नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख मन्जु तामाङ प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी , ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, लगायतको सहभागीतामा रहेको थियो । कार्यक्रमको लोकप्रिय नेत्रज...

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
शिक्षा बिकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लाको माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।       शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बहुमुखी क्याम्पसमा जिल्लाको माध्यामिक तहको प्रध्यानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले शिक्षकले पढाउने कसरी भन्ने ध्यान हुन जरुरी भएको बताउनुभयो । उहाँले जिल्लाकोे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएकोमा खुशि व्यक्त गर्नु हुँदै प्रजिअ खनालले जिल्लाभित्र संचालित माध्यमिक विद्यालयले हालसम्म गर्दै आएका राम्रा अभ्यासहरुको प्रस्तुतीले थप उर्जा दिएको बताउनुभयो । साथै दीर्घकालिन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा समेत उँहाले व्यक्त गर्नुभयो । यसैगरी का...

चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औं नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा बिहिबार सम्पन्न भएको छ । बिहिबार सम्पन्न १३ औं नगरसभामा उपप्रमुख सिता थापाले आ.व २०७९।०८० को श्रावण देखि पौष २७ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । उहाँले आगामी वर्षदेखि बैज्ञानिक र बस्तुवादि योजना निमार्ण गरी कार्यान्वयन गर्नुका साथै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सुरु गरेको बताउनुभयो । विशेषगरी शिक्षाको क्षेत्रमा सुधारको अभियान थालनी गरेको तर निर्णय गरेर कार्यान्वय गर्न बाँकि रहेको समेत उल्लेख गर्नुभयो । नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख सीता थापा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी १४ वटै वडाका अध्...

सिन्धु तेक्वान्दो संघलाई ट्रयाक सुट

खेलकुद, समाचार
कुमार बस्नेत (अधिराज) क्षेमादेवी ग्रुपले नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका पदाधिकारी तथा सिनियर खेलाडीहरूलाई ट्रयाक सुट बितरण गरेको छ । क्षेमादेवी ग्रुपले पेप्सिकोलामा रहेको आफ्नै भवनमा एक कार्यक्रमविच ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, निर्देशक निरन्जन श्रेष्ठ, निर्देशक राजेन्द्र बस्नेत,(पुर्ब तेक्वान्दो खेलाडी ) निर्देशक श्री बस्नेत लगायत सम्पुर्ण क्षेमादेवी परिवार र सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारी सहसचिव कुमार बस्नेत लगाएत सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिनियर खेलाडी तथा कार्यसमितिका उपाध्यक्ष गंगा तामाङ,सचिब सुशील भुजेल,कोषाध्यक्ष नमिता चौलागाईं,सदस्य सागर सेन्चुरी,सुबास तामाङ ,सिनियर खेलाडीहरू सगुन भण्डारी ,सुजता पराजुलि,रेन्जेन शेर्पा ,मादब कि.क,सन्देश खड्का,प्रसान्त...